सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ११ पुगेको छ,भने ४० भन्दा बढी घाइते भएका छन्।
Advertisement
इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस शुक्रबार बिहान सडकबाट २०० मिटर तल खस्दा मृत्यु हुनेको संख्या ११ पुगेको हो।
मृतकमध्ये अहिलेसम्म पाँच जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा काभ्रे बनेपाका केदार महाजु, इन्द्रवती गाउँपालिकका–९ का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य र काभ्रे पाँचखालकी संगीता पुरकोटी रहेको प्रहरीले जनाएको छ।