काठमाडौं । सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा ४५ यात्रु घाइते भएका छन् ।
Advertisement
दुर्घटनामा ४ पुरुष र एक महिलाको ज्यान गएको हो । मृतकको सनाखत हुन सकेको छैन ।
सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ । घाइतेलाई अस्पताल लगिएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गाउँबाट दशैँ मनाएर काठमाडौं फर्कने यात्रु चढेको बस दुर्घटनामा परेको हो ।