काठमाडौं । लामो दशैँ विदापछि कार्यालय खुल्ने दिन असोज २७ गते (सोमबार) भने देशभरका सबै तहका अदालत बन्द हुनेछन्।
Advertisement
सवोच्च अदालतका पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा सर्वोच्चले सोमबार सबै तहका अदालत बन्द गर्ने जनाएको छ।
बिहीबार सर्वोच्चले सूचना प्रकासित गरी पूर्व प्रधानन्यायाधीशको निधनमा एक दिन अदालत बन्द गर्ने प्रचलन अनुसार सोमबार शोक विदा दिइएको उल्लेख गरेको छ ।
आइतबारसम्म दशैँ विदा परेकोले कार्यालय खुल्ने दिन विदा दिइएको हो ।पूर्व प्रधानन्यायाधीश उपाध्यायाको यही असोज १० गते निधन भएको थियो ।
