हुम्ला । हुम्ला सदरमुकाम सिमकोटबाट खार्पुतर्फ जाँदै गरेको बोलेरो जीप बिहीबार दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
Advertisement
लु२च २२६७ नं को जीप दुर्घटना हुँदा कमला टमटा, बेलु हदेली जेठरा, रिभा जेठरा, अशकला जेठरा, दीपक टमटा, हौसेली रोकाया र शैलेश रोकाया घाइते भएका हुन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
जीपमा कति जना यात्रु सवार थिए भन्नेबारे जानकारी प्राप्त नभएको घर्तीमगरले बताए ।