जनकपुरधाम । जनकपुरमा पार्किङ गरी राखिएका नौ वटा मोटरसाइकल र तीन वटा साइकलमा अज्ञात समूहले आगो लगाएको छ । आगजनीबाट ति सवारी साधन पुर्ण रुपमा जलेर खरानी भएका छन् ।
Advertisement
धनुषाको जनकनन्दनी गाउँपालिका–३ स्थित प्रखे महुवामा पार्किङ गरि राखिएको एक वडाअध्यक्षको मोटरसाइकलसहित ९ वटा मोटरसाइकल र ३ वटा साइकल अज्ञात समूह जलाइदिएका हुन् ।
सो आगलागीमा जनकन्दिनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षको सरकारी गाडीमा समेत क्षति पुगेको छ ।
बिहीबार विहान अन्दाजी ३ः३० बजेको समयमा पार्किङ गरि राखिएको मोटरसाइकलमा आगजनी हुँदा जलेर पूर्ण रुपमा नष्ट भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।