• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

रसुवा बाढी : १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

रसुवा बाढी : कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन

भोटेकोशी विपदमा छलफल गर्न सर्वदलीय बैठक सुरु

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

चिरपट प्रहारबाट धनकुटामा ७० वर्षीय बाबुको मृत्यु, छोरा पक्राउ

तीज गीत : छोरी–चेलीको सुरक्षा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

देशभर मनसुनी वायुको प्रभाव कायमै : पूर्वानुमान महाशाखा

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ३. तीज गीत : देश पोलेर

  • ४. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ५. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ६. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ७. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ८. तिज गीत: उठ सारा चेली

  • ९. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • १०. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

देश बचाउने राजाले होइन, जनताले हो : जनकराज शर्मा (सांसद दुर्गा पौडेलको भिडियोसहित)


  •   बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले देश राजाले नभएर जनताले बचाउने बताउनुभएको छ । राजावादीहरूले देशैभरि “राजा आऊ, देश बचाऊ” भन्दै नाराबाजी गरिरहेको सन्दर्भमा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा काठमाडौँको आयोजनामा २०७७ मङ्सिर २५ गते माइतीघर मण्डलामा आयोजित विरोधसभामा मन्तव्य राख्दै राजमो महासचिव शर्मा राजतन्त्रको पुनस्र्थापना समाज विकासको वैज्ञानिक नियम विपरीत भएको बताउनुभयो । ‘संसार दासयुग, सामन्ती युग हुँदै पुँजीवादमा विचरण गरिरहेको छ’ शर्माले अगाडि भन्नुभयो– ‘अहिले राजावादीहरूले पुनः राजतन्त्र फर्काउन खोज्नु देशलाई पश्चगमनतिर लैजानु हो ।’

    अहिले राजावादीहरूले देशैभरि जुलुस गरिरहेको सन्दर्भमा महासचिव शर्माले उनीहरूलाई सो सुविधा यही लोकतान्त्रिक गणतन्त्रले दिएको बताउनुभयो । ‘तपाईंहरूको शासनकालमा बोल्न पाइन्थ्यो र ? कोही कसैले जनताको पक्षमा दुई शब्द बोल्यो भने त सामाजिक सुरक्षा ऐन लगाएर जेलमा कोचिन्थ्यो, फाँसीमा झुण्ड्याइन्थ्यो।’ उहाँले अहिलेका केही किशोरकिशोरीले राजतन्त्रको निरङ्कुशता नबेहोरे पनि आम जनताले अझै नबिर्सेको बताउनुभयो ।

    राजावादीहरूले भ्रष्टाचारको प्रसङ्ग उठाएकोेमा नेता शर्माले राजाको प्रत्यक्ष शासनमा पनि चरम भ्रष्टाचार भएको स्मरण गर्न आग्रह गर्नुभयो । ‘राजावादीहरूले भ्रष्टाचारको कुरा उठाएका छन्’ शर्माले भन्नुभयो– ‘यस्तो महामारीका बेला पनि स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुनु दुःखद् छ, यसको छानबिन गरिनुपर्दछ ।’ उहाँले अगाडि भन्नुभयो– ‘तर अहिले भएको भ्रष्टाचारको नाममा राजावादीहरूले आफ्नो प्रत्यक्ष शासनकालमा भएको चरम भ्रष्टाचारलाई बिर्सिनु हुँदैन ।’

    राष्ट्रिय जनमोर्चा धर्म निरपेक्षताको पक्षमा रहेको बताउँदै उहाँले भन्नुभयो– ‘धर्म निरपेक्षता कुनै धर्मको विरोध होइन, त्यो सबै धर्म मान्न पाउने स्वतन्त्रता हो ।’ उहाँले राजावादीहरूले धर्म निरपेक्षतालाई हिन्दु धर्म विरोधी अवधारणाको रूपमा प्रस्तुत गरिएकोमा आपत्तिसमेत प्रकट गर्नुभयो ।

    कार्यक्रममा अर्का अतिथि राजमो केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले अहिलेको गणतन्त्र राजावादीहरूले भनेजस्तो दुईचार जना नेताहरू कोठामा बसेर ल्याएको नभएको बताउनुभयो । ‘यो लोकतान्त्रिक गणतन्त्र जनताको दशकौँ लामो रक्तरञ्जित बलिदानबाट प्राप्त भएको हो’ उहाँले राजावादीहरूलाई चेतावनी दिनुभयो– ‘जनताको रगतसित साटेर ल्याएको गणतन्त्र कसैले मास्न पाउने छैन ।’ उहाँले गणतन्त्रको रक्षाका लागि सिङ्गो मुलुक पुनः एकजुट हुने विश्वास व्यक्त गर्नुभयो ।

    राजाले राष्ट्रियताको रक्षा गर्छन् भन्ने विश्वास झुट बताउँदै राजमो नेतृ पौडेलले कालापानी प्रकरण नै यसबारे काफी भएको बताउनुभयो । ‘कालापानीमा भारतीय सेना राजतन्त्रकै बेलामा बसेको हो’ उहाँले भन्नुभयो– ‘कालापानीमा भारतीय अतिक्रमणलाई राजावादीहरूले दिएको स्वीकृतिलाई बिर्सेर आफूहरूलाई कथित राष्ट्रवादी भएको दावी गर्नुको कुनै औचित्यता छैन ।

    सङ्घीयताले जनतामाझ विद्वैष फैलाउँदै गएको बताउँदै राजमो उपाध्यक्ष तथा प्रवक्ता पौडेलले यसलाई तत्कालै खारेज गर्नुपर्ने बताउनुभयो । ‘सङ्घीयताले देश खारेज गर्दै छ’ उहाँले भन्नुभयो– ‘देशै खारेज भए हामी नेपाली रहने छैनौँ ।

    उहाँले राजावादीहरूले सङ्घीयताको विकल्प राजतन्त्र बताएकोमा उहाँले प्रतिवाद गर्नुभयो । उहाँले भन्नुभयो– ‘सङ्घीयताको विकल्प राजतन्त्र होइन, प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक लोकतान्त्रिक गणतन्त्र हो ।’

    कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समीर सिंह र अखिल (छैठौँ) का केन्द्रीय सचिव सुवास जिसीले पनि मन्तव्य राख्नुभएको थियो ।

    राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रमको सञ्चालन राजमो काठमाडौँका सल्लाहकार लक्ष्मणदेव पाण्डेले गर्नुभएको थियो ।

    https://www.youtube.com/watch?v=nB99y-5Z2dA&feature=emb_title
    बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन
    रसुवा बाढी : १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता
    रसुवा बाढी : कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन
    भोटेकोशी विपदमा छलफल गर्न सर्वदलीय बैठक सुरु
    भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन
    चिरपट प्रहारबाट धनकुटामा ७० वर्षीय बाबुको मृत्यु, छोरा पक्राउ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ३.
      तीज गीत : देश पोलेर

    • ४.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ५.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ६.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    भर्खरै

    • १.
      रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

    • २.
      रसुवा बाढी : १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

    • ३.
      रसुवा बाढी : कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन

    • ४.
      भोटेकोशी विपदमा छलफल गर्न सर्वदलीय बैठक सुरु

    • ५.
      भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

    • ६.
      चिरपट प्रहारबाट धनकुटामा ७० वर्षीय बाबुको मृत्यु, छोरा पक्राउ

    • ७.
      तीज गीत : छोरी–चेलीको सुरक्षा

    • ८.
      आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.