काठमाडौं । औषधि व्यवस्था विभागले क्यान्सर रोगको उपचारका लागि अति आवश्यक औषधि मौज्दात राख्न औषधि व्यवसायीहरुसँग आग्रह गरेको छ ।विभागमा शुक्रबार औषधि आयातकर्तासित भएको छलफलमा यस्ता औषधिको अभाव हुन नदिन मौज्दात राख्न विभागले आग्रह गरेको हो ।
Advertisement
चाडपर्वका समयमा विशेष गरी क्यान्सर उपचारसम्बन्धी औषधिको बजारमा अभाव हुने गर्दछ । विभागले भिनक्रिस्टाइन, भिनब्लस्टाइन र सिप्प्लाटिन, एफभी नामक औषधि बजारमा अभाव हुन नदिने र मौज्दात राख्न व्यवसायीलाई सचेत गरायो ।
विभागले क्यान्सर, मिर्गौला, मुटुलगायत रोगसित सम्बन्धित औषधिको मौज्दास्थितका बारेमा विभागलाई जानकारी दिन आयातकर्तालाई निर्देशन दिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए । अत्यावश्यक औषधिको विभागले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्य नलिन विभागले आयातकर्तासित आग्रह गरेको छ ।