काठमाडौं । जनता समाजवादी दलका अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच रोचक दोहोरी चलेको छ ।
पूर्व माओवादी नेता बाबुराम भट्टराईले ‘माओवादी क्रान्ति’ का अगुवा आफू र प्रचण्ड भएको दाबी गरिरहँदा बाबुरामका सहपाठी कमल थापाले बाबुराम–प्रचण्डलाई क्रान्तिको भारी बोक्ने भरिया मात्रै भएको भन्दै भारीको मालिक अर्कै भएको बताएका छन् ।
सामाजिक सञ्जालमा ट्वीटरमा चलेको दोहोरीमा बाबुरामले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई विदेशी षड्यन्त्र देख्नु थापाको दुष्प्रचारको ‘गोयबल्स शैली’ बताएका छन् ।
‘मेरा सहपाठी@brb1954 ले ग्वेबल्सको दुष्प्रचार सूत्र ‘झुटोलाई सय चोटि दोहोर्याएपछि सत्य बन्छ’ को अनुशरण गर्दै पुनः गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई विदेशी षड्यन्त्र भनेछन् ! क्रान्तिका अगुवा प्रचण्ड–बाबुरामहरू जिउॅदो छॅदै यस्तो झुट बोल्नु ‘देख्नेको अगाडि सुन्नेको सही’भएन र?’ बाबुरामले भनेको छन् ।
फेरी हसाउनु भयो सहपाठी मित्र @brb1954 ले।कति हास्नु हौ!
क्रान्तिको’भारी’ नेपालमा तपाईहरूले बोकेर ल्याएको हो। त्यसमा कुनै विरोध छैन। तर,त्यो भारीको मालिक तपाईहरू होईन,शुरूमा हो कि भनेर सबैले पत्याएका पनि थिए।तर,जव सक्क्ली मालिकले भारिको दावि गरेपछि
त्यसमा तपाईले बालहठ नदेखाएकै बेश https://t.co/A7IjH7MbfS— Kamal Thapa (@KTnepal) November 11, 2020
जवाफमा थापाले लेखेका छन्, ‘क्रान्तिको भारी’ नेपालमा तपाईंहरूले बोकेर ल्याएको हो। त्यसमा कुनै विरोध छैन । तर, त्यो भारीको मालिक तपाईंहरू होईन । शुरूमा हो कि भनेर सबैले पत्याएका पनि थिए । तर, जब सक्कली मालिकले भारीको दाबि गरेपछि त्यसमा तपाईंले बालहठ नदेखाएकै बेश ।’