• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

१० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. कवि

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको प्युठान पठाइयो

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव


  •   सोमबार, कार्तिक ०२, २०८३ मा प्रकाशित
  • काठमाडौँ, २ कात्तिक । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

    Advertisement

    बढी चिल्लो र बोसोयुक्त मासु खाँदा केही व्यक्तिमा एसिड रिफ्लक्सको समस्या बढ्न सक्छ । मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएमा गम्भीर समस्या आउन सक्ने भएकाले सतर्क रहनुपर्ने वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विमलेशकुमार गुप्ताले बताउनुभयो ।

    दसैँमा खानपान गर्दा अपनाउनुपर्ने सावधानी, चिल्लो तथा बोसोयुक्त मासुले घाँटीको स्वास्थ्यमा पार्ने असर र घाँटीमा मासु वा हड्डी अड्किएमा गर्नुपर्ने उपायबारे समाचारदाता प्रगति ढकालले डा गुप्तासँग गर्नुभएको कुराकानीको सम्पादित अंशः

    प्रश्नः दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुरा बढी खाने चलन छ । यसले घाँटीको स्वास्थ्यमा कस्तो असर पार्छ ?

    उत्तरः यस्ता खानेकुरा बढी खाँदा घाँटीमा जलन र असहजता हुन सक्छ । पेटको अम्ल घाँटीसम्म फर्किने एसिड रिफ्लक्सका कारण घाँटी र छाती पोल्ने तथा घाँटीमा केही अड्किएजस्तो वा खसखस हुने महसुस हुन सक्छ । त्यसैले खानाको मात्रा र प्रकृतिमा ध्यान दिनुपर्छ ।

    प्रश्नः घाँटीमा एलर्जी हुने वा रुघाखोकी लागेर घाँटी दुख्ने व्यक्तिले दसैँमा चिल्लो र बोसोयुक्त मासु खान मिल्छ कि मिल्दैन ?

    उत्तरःघाँटीमा जलन वा एसिड रिफ्लक्सको समस्या भएका व्यक्तिले चिल्लो र बोसोयुक्त मासु कम खानु उपयुक्त हुन्छ । यस्ता खानेकुराले केही व्यक्तिमा रिफ्लक्स बढाउन सक्छन् । यस्तो अवस्थामा आफूलाई सहज हुने, पचाउन सजिलो खानेकुरा खानु र पर्याप्त पानी पिउनु राम्रो हुन्छ ।

    प्रश्नः दसैँमा मासु खाँदा मासुको टुक्रा वा हड्डी घाँटीमा अड्कियो भने कस्तो समस्या हुन सक्छ ?

    उत्तरः मासु वा हड्डी अड्किँदा निल्न गाह्रो हुने, घाँटीमा दुखाइ हुने र थुक निल्नसमेत समस्या हुन सक्छ । अड्किएको वस्तुले श्वासनलीमा अवरोध गरेमा सास फेर्न गाह्रो हुन सक्छ, जुन ज्यानै जोखिममा पार्ने अवस्था हो । हड्डी अड्किएको शङ्का भएमा आफैँ निकाल्ने प्रयास नगरी चिकित्सकको सहायता लिनुपर्छ ।

    प्रश्नः मासु वा हड्डी घाँटीमा अड्किएमा तत्काल के गर्ने र के गर्नु हुँदैन ?

    उत्तरःअड्किएको वस्तु निकाल्न औँला घाँटीभित्र हाल्नु हुँदैन । भात, रोटी वा अन्य खानेकुरा निलेर त्यसलाई तल धकेल्ने प्रयास गर्दा चोट लाग्न सक्छ । निल्न नसक्ने वा थुकसमेत निल्न गाह्रो हुने अवस्था भएमा तुरुन्त अस्पताल जानुपर्छ । यदि सास फेर्न नसक्ने, बोल्न नसक्ने वा प्रभावकारी रूपमा खोक्न नसक्ने अवस्था आएमा श्वासनलीमा अवरोध हुन सक्ने भएकाले तत्काल आपत्कालीन सहायताका लागि अस्पताल जानुपर्छ ।

    सोमबार, कार्तिक ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च
    युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
    एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो
    ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना
    रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु
    नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

    • २.
      युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    • ३.
      एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

    • ४.
      ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

    • ५.
      रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

    • ६.
      नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    • ७.
      १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

    • ८.
      चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.