• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

१० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. कवि

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको प्युठान पठाइयो

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

स्थापना भएको २७ वर्षपछि कोरियामैत्री अस्पतालमा सघन उपचारकक्ष सुरु


  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
  • भक्तपुर । अस्पताल स्थापना भएको २७ वर्षपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचारकक्ष (मोडुलर आइसीयू) सञ्चालनमा आएको छ ।

    Advertisement

    मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठका अनुसार अब भक्तपुर र पूर्वबाट आएका बिरामीलाई अत्याधुनिक आइसियू खोज्दै काठमाडौँमा भौतारिनुनपर्ने भएको छ ।

    उनका अनुसार अस्पताल सञ्चालनमा आएपछि गम्भीर रोगका बिरामी र शल्यक्रियामा समेत यो आइसियू प्रभावकारी रूपमा प्रयोगमा आउनेछ ।

    अस्पतालले प्रदान गर्दै आएको गुणस्तरीय सेवामा आइसीयूले थप टेवा पुग्ने बताउँदै नगरप्रमुख श्रेष्ठले भने– ‘देशभरका नगरपालिकाद्वारा सञ्चालित अस्पतालमध्ये नेपाल–कोरियामैत्री अस्पताल सबैभन्दा सुविधा सम्पन्न र ठुलो अस्पतालका रूपमा पहिचान बनाउन सफल भएको छ । यस अस्पताल बिमा क्लेम गर्ने पाँचौँ ठुलो अस्पतालसमेत बन्नु हाम्रो लागि गौरवको विषय हो । नगरपालिकाले यस अस्पतालको सेवालाई अझै स्पेसिलिस्ट सेवा विस्तार गर्दै लैजान्छ ।’

    अस्पतालले प्रवाह गर्ने सबै सेवा गुणस्तरीय भएकै कारण हरेक वर्ष उपचारका लागि आउने बिरामीका सङ्ख्या दिनानुदिन बढ्दै गएको बताउँदै उनले अहिले दैनिक एक हजार एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको बताए ।

    उनका अनुसार नयाँ सुविधासम्पन्न नयाँ भवन निर्माणको अन्तिम चरणमा पुगेको बताउँदै नयाँ भवन सञ्चालनमा आएपछि बिरामीका लागि धेरै सुविधा थपिनेछ । अस्पतालले छिट्टै मुटुरोग (कार्डियो) सेवासमेत सञ्चालन गर्ने तयारी गरेको र मुटुरोगका बिरामीलाई सहजताका लागि ए ग्रेडको एम्बुलेन्ससमेत सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

    नगरप्रमुख श्रेष्ठले भने– ‘हामीले बिरामीको घरदैलो सेवा प्रवाह सञ्चालन गरेका छौँ, अस्पतालले प्रोटेवल अल्ट्रासाउन्ड मेसिनसमेत खरिद गरेर वडावडामा पुगेर घरदैलो सेवा दिएकै कारण मुलुकका १० उत्कृष्ट सामुदायिक अस्पतालभित्रमा यो अस्पताल पर्न भएको हो । हामीले चाँगुनारायण अस्पतालमा समेत यहाँबाट विशेषज्ञ सेवा दिने गरका छौँ ।’

    कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले चार वर्ष अगाडिसम्म नोक्सानमा चलिरहेको यो अस्पताल गुणस्तरीय सेवा सुविधा थप भएसँगै अहिले फाइदामा पुगेको भन्दै यस अस्पताललाई विशिष्टीकृत अस्पतालका रूपमा विकास गरिरहेको बताए ।

    शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च
    युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
    एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो
    ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना
    रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु
    नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

    • २.
      युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    • ३.
      एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

    • ४.
      ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

    • ५.
      रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

    • ६.
      नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    • ७.
      १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

    • ८.
      चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.