काठमाडौँ । यस वर्षको मनसुन १२ दिन ढिलो गरी आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको छ ।
Advertisement
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज २०८३ असोज २८ गते तदनुसार अक्टोबर १४, २०२६ का दिनदेखि नेपालबाट मनसुन बाहिरिएको हो ।
यसअघि असोज १७ गते सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशबाट मनसुन बाहिरिसकेको छ । आज बागमती, मधेस र कोशी प्रदेशबाट मनसुन बाहिरिएको हो ।
नेपालमा मनसुनको अवधि जुन १३ देखि अक्टोबर २ सम्म मानिन्छ तर यस वर्षको मनसुन असार ५ गते (जुन १३) प्रवेश गरेर असोज २८ गते (अक्टोबर १४) मा बाहिरिएको छ । अहिलेको मनसुन पाँच दिन ढिलो नेपाल प्रवेश गरेर १२ दिन ढिलो बाहिरिएको छ ।
मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायमै रहेको र त्यस कारणले छिटपुट वर्षा हुन सक्ने महाशाखाले बताएको छ ।





