खिमराज चालिसे, चन्डिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सङ्गरुर नगर समितिले रसुवाको भोटेकोसी बाढीपीडितको सहयोगार्थ राहत सङ्कलनसँगै तिजी तिजी कार्यक्रम सम्पन्न गरेको छ ।
सेप्टेम्बर १४, २०२६ का दिन प्रमुख अतिथि मूल प्रवाहका महासचिव त्रिभुवन भट्टराईले करतल ध्वनिमाझ कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

समारोहलाई सम्बोधन गर्दै भट्टराईले सङ्कलित राहतको शत्प्रतिशत रकम सिधै बाढीपीडितसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले प्राकृतिक विपत्तिमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको घाउमा मलम लगाउन मूल प्रवाहले चौतर्फी रूपमा उद्धार र राहतका प्रयास गरिरहेको स्पष्ट पार्नुभयो ।
सो अवसरमा मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय महिला सदस्य लक्ष्मी खनाल, सङ्गरुरका नगर अध्यक्ष नारायण भुसाल, सांस्कृतिक विभागका राजु खनाल, नगर समितिका नेताहरू रामजी भुसाल, रामप्रसाद खनाल, राजबहादुर सेन ‘सुनाम’, भक्तबहादुर लहेरा, पवित्रा बस्याल, विद्यार्थी सङ्घकी क्षेत्रीय सदस्य दीक्षा सुनार, कलाकार सोना सुनार, बाबुराम परियार तथा गुणनिधि आचार्यलगायतले बाढीपीडितको उद्धारप्रति ऐक्यबद्धता जनाउँदै मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम मञ्जु शर्माको सञ्चालन तथा सीता शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।


