• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

तनहुँमा नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड


  •   आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
  • दमौली । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४ मा तनहुँमा नदी नियन्त्रण तथा सिँचाइका विभिन्न कार्यक्रमका लागि रु १५ करोड बजेटको कार्यक्रम सञ्चालन गरेको छ ।

    Advertisement

    नदीकटान तथा डुबान नियन्त्रण, पहिरो नियन्त्रण र सिँचाइ सुविधा विस्तारलाई प्राथमिकता दिँदै आयोजना अघि बढाइएको हो ।

    आयोजना प्रमुख सुपिन्द्र खत्रीले चालु आवमा सिँचाइ, पहिरो र नदी नियन्त्रणतर्फ विभिन्न योजनामा बजेट विनियोजन गरिएको जानकारी दिए । उनका अनुसार मस्र्याङ्दी नदी नियन्त्रणका लागि रु आठ करोड, मादी नदी नियन्त्रणका लागि रु तीन करोड र सेती नदी नियन्त्रणका लागि रु तीन करोड छुट्याइएको छ ।

    पहिरो नियन्त्रणतर्फ गलेश्वरधाम–देवघाटधाम क्षेत्रका लागि रु तीन करोड विनियोजन गरिएको छ । धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको देवघाट क्षेत्रको भौगोलिक जोखिम न्यूनीकरण गर्न उक्त कार्यक्रम सञ्चालन गरिने बताइएको छ । आयोजनाले नदी नियन्त्रणसँगै सतह सिँचाइ, लिफ्ट सिँचाइ तथा जलाशययुक्त सिँचाइका कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ ।

    दरौदी तथा मस्र्याङ्दी नदी बेसिनमा सिँचाइसम्बन्धी कार्यक्रम सञ्चालन गर्न रु तीन करोड ७५ लाख विनियोजन गरिएको छ । त्यस्तै मस्र्याङ्दी, मादी, सेती, दरौदी, कालीगण्डकी–आँधीखोला, बुढीगण्डकी र त्रिशूली नदी बेसिन समेटिएको एकीकृत सिँचाइ विकास योजनाका लागि रु पाँच करोड बजेट छुट्याइएको छ ।

    आयोजनाले तनहुँसहित लमजुङ, मनाङ र गोरखामा विभिन्न सिँचाइ तथा नदी नियन्त्रणसम्बन्धी संरचना निर्माण गर्दै आएको छ । दरौदी, दोर्दी तथा मस्र्याङ्दी नदी क्षेत्रमा डुबान तथा कटानबाट प्रभावित र जोखिमयुक्त स्थान पहिचान गरी तटबन्धन, स्पर तथा रिभेटमेन्ट निर्माणका काम अघि बढाइन्छ । नदीले कटान गरेका स्थानमा जग्गा उकास गर्ने तथा नदीको बहावलाई व्यवस्थित गर्न आवश्यक संरचना निर्माणसमेत आयोजनाका कार्यक्रमभित्र रहेका छन् ।

    नदीकटान तथा डुबानका कारण खेतीयोग्य जमिन, बस्ती तथा सार्वजनिक पूर्वाधार जोखिममा पर्ने भएकाले जोखिमयुक्त स्थानमा नदी नियन्त्रणका संरचना निर्माणलाई प्राथमिकता दिइएको आयोजनाले जनाएको छ । त्यस्तै सिँचाइ संरचनाको निर्माण तथा सुधारबाट कृषि उत्पादनमा वृद्धि, खेतीयोग्य जमिनको उपयोग र किसानलाई वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । नदी नियन्त्रण र सिँचाइ विकासलाई सँगसँगै अघि बढाउँदा एकातर्फ बाढी तथा कटानको जोखिम घटाउने र अर्कातर्फ नदीको पानीलाई कृषि उत्पादनमा उपयोग गर्ने आधार तयार हुने आयोजना प्रमुख खत्री बताउनुहुन्छ । (रासस)

    आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.