काठमाडौँ । पर्वतमा किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएपछि स्थानीयवासीलाई सचेत रहन आग्रह गरिएको छ ।
Advertisement
पर्वतको जिल्ला प्रशासन कार्यालयका अनुसार मङ्गलवार राति ८:४० बजे सूचना जारी गर्दै खोला पहिरोको कारण थुनिएकाले सचेतना अपनाउन आग्रह गरिएको हो ।
किम्रुङ खोला थुनिँदा नयाँपुल, बिरेठाँटी र आसपासका बस्तीमा पस्न सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।
किम्रुङ खोला मोदी खोलाको शाखा खोला हो । यो खोला थुनिँदा कालीगण्डकी दोभानसम्मको तल्लो क्षेत्रमा समेत प्रभाव पर्ने प्रशासनले बताएको छ ।
पर्वत जिल्ला प्रशासनले मोदी नदी करिडोरमा आवागमन नगर्नसमेत आह्वान गरेको छ ।

