ललितपुर । ललितपुरमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–११ चापागाउँ डेरा गरी बस्ने बाग्मती गाउँपालिका–४ प्युटार घर भएका २६ वर्षीय बुद्ध तामाङ छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।
Advertisement
गत शनिबार ती किशोरीलाई तामाङले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।