काठमाडौं, २६ अगस्त । तिब्बतबाट भोटेकोसीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोटलगायत विभिन्न जिल्लामा बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको घटनाप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गहिरो दुःख व्यक्त गरेको छ ।
Advertisement
संगठनले बाढी–पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ता तथा प्रभावित नागरिकको तत्काल उद्धार, घाइतेको उपचार, जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण र पीडितलाई आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
साथै, प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षा निर्देशिका पालना गर्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा सरकारसहित सम्बन्धित सबै पक्ष गम्भीर रूपमा जुट्न अपिल गरेको छ ।


