भिवाडीमा मूल प्रवाहले गर्यो फूलमायाँको अन्त्येष्टि
भिवाडीमा मूल प्रवाहले गर्यो फूलमायाँको अन्त्येष्टि
तपाईको प्रतिक्रिया
भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी–धारुहेडा नगर समितिको पहलमा फूलमायाँ कुमालको अन्त्येष्टि गरिएको छ।
कुमालको २५ अगस्त २०२६ का दिन निधन भएको थियो। उनी ५५ वर्षकी थिइन्। मूल प्रवाहका नगर सदस्य होमबहादुर कुमालकी श्रीमती फूलमायाँलाई २१ अगस्तका दिन ब्रेन हेमरेज भएपछि गुरुग्रामस्थित ईएसआई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। करिब पाँच दिनसम्म चिकित्सकहरूले अथक प्रयास गर्दा पनि उनलाई बचाउन नसकिएको अस्पताल प्रशासनले जनाएको थियो।
कुमाल परिवार चितवन जिल्ला, भरतपुर महानगरपालिका–२८, गोलघाट स्थायी घर भई हाल धारुहेडा, हरियाणामा बस्दै आएका छन् । मृतक फूलमायाँ कुमाल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग, भिवाडीकी सक्रिय सदस्य थिइन् ।
मृतक फूलमायाँको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी परिवारको सहमतिमा धारुहेडामै अन्त्येष्टि गरिएको छ। अन्त्येष्टि कार्यक्रममा उहाँको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।
अन्त्येष्टि कार्यक्रममा नगर समिति तथा महिला विभागका सम्पूर्ण सदस्यहरूका साथै शुभचिन्तकहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो।
