भारत । भारतको हिमाचल राज्यअन्तर्गत रामपुरस्थित बुशहरमा आज २३ अगस्त २०२६ मा सम्पन्न मूल प्रवाहको एरिया स्तरीय भेलाले १३ सदस्यीय एरिया समिति गठन गरेको छ।
मूल प्रवाह हिमाचल राज्य समितिका कोषाध्यक्ष एवं रामपुर नगर अध्यक्ष सीताराम बुढाले समसामयिक विषयमा कक्षा लिएर स्पष्ट पारेपछि विक्रम पुनको अध्यक्षतामा १३ सदस्यीय एरिया समिति गठन गरिएको हो।
भेलाले उपाध्यक्षमा कमल पाण्डे, सचिवमा ससी तिरुवा, सहसचिवमा तारा बीसी र कोषाध्यक्षमा भरत तिरुवालाई चयन गरेको छ।
यसैगरी, समितिका सदस्यहरूमा हेमन्त पुन, तिलक विक, भरत बीसी र लालबहादुर थापा रहनुभएको छ।
त्यसैगरी, वैकल्पिक सदस्यहरूमा अमर सोनी र कैलाश थापा रहनुभएको छ। समितिका सल्लाहकारहरूमा बलबहादुर थापा र पृथ्वीसिंह रहनुभएको छ।
भेला विक्रम पुनको अध्यक्षतामा तथा ससी तिरुवाको सञ्चालनमा सम्पन्न भएको रामपुर नगर अध्यक्ष सीताराम बुढाले बताउनुभएको छ।

