भारत । भारतको हिमाचल प्रदेशस्थित रामपुरबाट २१ दिनदेखि सम्पर्कविहीन रहेका रुकुम पश्चिम सानीभेरी गाउँपालिका–१०, अर्मी डाँडाका इन्द्रवीर विक ननखडीमा सकुशल फेला परेका छन् ।
Advertisement
गत जुलाई १७ देखि बेपत्ता भएका विकलाई खोजीका क्रममा ननखडीमा फेला पारिएको हो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तथा परिवार र सञ्चारमाध्यमको पहलपछि फेला परेका विकलाई उनका छोरा हरि विकले संरक्षणमा लिएका छन् ।
बुबा सकुशल भेटिएपछि परिवारमा खुसी छाएको छ । विक छोरा हरिसँगै भारतबाट नेपाल फर्किएका छन् । परिवारले खोजी कार्यमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।