कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको क्वारेन्टिनमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । कृष्णपुर नगरपालिका–६ की २३ कि राधादेवी ओडको करेन्ट लागेर मृत्यु भएको हो ।
Advertisement
भारतबाट परिवार सहित स्वदेश फर्किएकी राधादेवी सोही वडामा रहेको श्री महाकाली मावि बसन्तपुरको क्वारेन्टिनमा बसेकी थिइन् ।राधादेवीको क्वारेन्टिन भित्रै धारामा नांगो तारका कारण करेन्ट लागेर मृत्यु भएको थियो ।
क्वारेन्टिन व्यवस्थापन पक्षको लापरवाहीले महिलाको ज्यान गएको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न स्थानीयले माग गरेका छन् ।