निउरे समाज जापानले हरितालिका तीज को अवसरमा शुभकामना आदान–प्रदान, दर खाने तथा तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
Advertisement
समाजका सचिव खिम निउरेका अनुसार प्रवासमा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा निउरे समुदायबीच एकता, आत्मीयता र सामाजिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रम २ सेप्टेम्बर २०२६, दिउँसो १ बजेदेखि टोकियोको किता–अकाबानेस्थित म्बष्mिब च्भकतबगचबलत मा हुनेछ। कार्यक्रममा तीज गीत, नृत्य, सांस्कृतिक प्रस्तुति, सामूहिक दर खाने तथा शुभकामना आदान–प्रदान गरिने आयोजकले जनाएको छ।
निउरे समाज जापानले जापानमा रहेका सम्पूर्ण निउरे दिदीबहिनी तथा दाजुभाइलाई कार्यक्रममा सहभागी भई तीजको खुसी साटासाट गर्न आग्रह गरेको छ। थप जानकारीका लागि खिमानन्द निउरे (०८०–३४३०–६८५९) लाई सम्पर्क गर्न सकिनेछ।