• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गरिमाको चीत्कार सिङ्गो समाजअगाडिको प्रश्न : महिला सङ्घ

रामपुर बुशहरबाट नेपाली महिला र दुई वर्षीय बालक बेपत्ता, खोजीका लागि मूल प्रवाहसँग अपिल

चार महिनामा बिपदका पाँच हजार बढी घटना, ढाइ सयको मृत्यु

जघन्य अपराध रोक्न बलियो कानुनी व्यवस्था आवश्यक : गृहमन्त्री

विद्यालय कर्मचारीको आन्दोलन किन रोकियो ?

गुल्मीमा धुर्कोटको ग्रेटवाल नयाँ पर्यटकीय गन्तव्य

मसालका सदस्य तेजपाल केसीको दाहसंस्कार

रिस

गरिमाका अपराधीलाई हदैसम्मको कानुनी कारबाही गर्न राजमोको माग

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ३. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ४. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ५. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ६. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ७. कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

  • ८. जापानमा मौलिक तिजगीत प्रतियोगिता हुँदै

  • ९. मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

  • १०. नेकपाले छान्यो ४ मन्त्री

विद्यालय शिक्षा ऐनमा समावेश गर्न शिक्षक सङ्घले दिएका १७ बुँदे सुझावमा के छन् ?


  •   शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल शिक्षक सङ्घले विद्यालय शिक्षा ऐन समावेश गर्नुपर्ने १७ बुँदा सार्वजनिक गरेको छ ।

    Advertisement

    सङ्घका अध्यक्ष चक्रपाणि पौडेल र महासचिव पुष्कर सापकोटाको हस्ताक्षरमा २०८३ भदौ १ गते सुझावका ती बुँदा सार्वजनिक गरिएका हुन् ।

    सुझावमा कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने तथा नि:शुल्क तथा अनिवार्य शिक्षा ऐन–२०७५ तथा नियमावली–२०७७ लागु गर्न माग गरिएको छ ।

    त्यस्तै सुझावमा विद्यार्थी–शिक्षक अनुपात, बालकक्षा शिक्षक, राहत शिक्षक, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, उमावि शिक्षकका समस्या, शिक्षकको सरुवाबढुवा, विद्यालयमा स्वास्थ्यकर्मी, चौकिदार, पुस्तकालय सहायक र कुचीकारको व्यवस्था, पेन्सनको सुविधालगायतका विषय समावेश छन् ।

    शिक्षक सङ्घले २०८२ वैशाख १७ गते सरकारसित भएको सहमती कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

    यस्ता छन्, शिक्षक सङ्घको सुझावका १७ बुँदा :

    १. कुल बजेटको न्यूनतम २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्ने ।

    २. एकै प्रकारको शिक्षकका लागि संस्थागत विद्यालयलाई क्रमश्र: सेवामुखी र सामुदायीकरण उन्मुख बनाउने ।

    ३. नि:शुल्क तथा अनिवार्य शिक्षा ऐन–२०७५ र नियमावली–२०७७ को पूर्ण कार्यान्वयनका लागि बजेट तर्जुमा गर्ने ।

    ४. शैक्षिक गुणस्तर सुधारका लागि अन्य कर्मचारीको भन्दा १० प्रतिशत सुविधा बढी कायम योग्यतम् व्यक्तित्वलाई शिक्षण पेसामा आकर्षित गर्ने ।

    ५. २०८२ वैशाख १७ गते नेपाल सरकार शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिबिच गरिएको नौ बुँदे सहमति नि:शर्त कार्यान्वयन गर्नुपर्ने ।

    ६. विद्यार्थी–शिक्षक अनुपात १:५ मा कक्षागत र ६:१२ मा विषयगत विद्यार्थी सङ्ख्याका आधारमा हिमाल अनुपात १५, पहाड २०, तराई र उपत्यका २५ कायम गर्ने किनकी प्रविधिमैत्री सिकाइ प्रभावकारी बनाउने ।

    ७. लामो समय सेवारत बालकक्षा शिक्षक, राहत, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, उच्च माध्यमिक विद्यालय शिक्षक, अस्थायी, विद्यालय कर्मचारीलाई दरबन्दीको व्यवस्था गरी खुल्ला र आन्तरिक प्रतिस्पर्धा गराई सहभागी हुने वा नहुनेलाई असफल हुनेलाई समेत २०७५ को जस्तै गोल्डेन ह्याडस्याकको व्यवस्था गर्ने ।

    ८. विद्यालयमा पानी र विद्युत् महसुल नि:शुल्क गर्ने ।

    ९. बालविकास शिक्षकलाई प्रावि तृतीयसरहको सेवासुविधा दरबन्दी सिर्जना गर्ने ऐनमा व्यवस्था गर्ने र योग्यता नपुगेकालाई दुई वर्ष समय तोकी योग्यता नपुगेमा वा प्रतिस्पर्धाबाट असफल हुनेलाई गोल्डेन ह्यान्डस्याकसहित ससम्मान बिदाइ गर्ने ।

    १०. विद्यालय कर्मचारीलाई माध्यमिक विद्यालय तहमा छैटौँ, आधारभूत तहमा चौथो तह पद सिर्जना गरी स्थायी प्रक्रियामा लैजाने ।

    ११. पेन्सन अवधि नपुग्ने स्थायी शिक्षकका लागि पेन्सन प्रयोजनका लागि नपुग अस्थायी वा राहत सेवा अवधिबाट गणना गर्ने नीतिगत व्यवस्था शिक्षा ऐनमा गर्ने ।

    १२. स्थायी शिक्षकका लागि १०–१० वर्षमा आवधिक बढुवा गर्ने शिक्षा ऐनमा व्यवस्था गर्ने ।

    १३. विद्यालयमा कार्यरत कार्यालय सहयोगीलाई न्यूनतम आइएलओ अभिसन्धिअनुसारको सेवासुविधा कायम गर्ने, अवकास हुँदा काम गरेको अवधिको आधारमा मापदण्ड कायम गरी उपदान उपलब्ध गराउने ।

    १४. विद्यालयमा स्वास्थ्यकर्मी, चौकिदार, पुस्तकालय सहायक र कुचीकारको दरवन्दी व्यवस्था गर्ने ।

    १५. स्थायी शिक्षकलाई निजामती सेवामा जान उमेरको वा कुनै हद वा रोक नलगाउने ।

    १६. विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष अभिभावक नै हुनुपर्ने र शिक्षाप्रेमी वा सामाजिक योगदान गर्ने बौद्धिक व्यक्तिको सहभागिता हुनपर्ने ।

    १७. शिक्षकको सरुवा तीन वर्षलाई हटाएर दुवै विद्यालयको सहमतिमा गर्ने ।

    शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गरिमाको चीत्कार सिङ्गो समाजअगाडिको प्रश्न : महिला सङ्घ
    रामपुर बुशहरबाट नेपाली महिला र दुई वर्षीय बालक बेपत्ता, खोजीका लागि मूल प्रवाहसँग अपिल
    चार महिनामा बिपदका पाँच हजार बढी घटना, ढाइ सयको मृत्यु
    जघन्य अपराध रोक्न बलियो कानुनी व्यवस्था आवश्यक : गृहमन्त्री
    विद्यालय कर्मचारीको आन्दोलन किन रोकियो ?
    गुल्मीमा धुर्कोटको ग्रेटवाल नयाँ पर्यटकीय गन्तव्य

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ३.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ४.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ५.
      मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

    • ६.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    भर्खरै

    • १.
      गरिमाको चीत्कार सिङ्गो समाजअगाडिको प्रश्न : महिला सङ्घ

    • २.
      रामपुर बुशहरबाट नेपाली महिला र दुई वर्षीय बालक बेपत्ता, खोजीका लागि मूल प्रवाहसँग अपिल

    • ३.
      चार महिनामा बिपदका पाँच हजार बढी घटना, ढाइ सयको मृत्यु

    • ४.
      जघन्य अपराध रोक्न बलियो कानुनी व्यवस्था आवश्यक : गृहमन्त्री

    • ५.
      विद्यालय कर्मचारीको आन्दोलन किन रोकियो ?

    • ६.
      गुल्मीमा धुर्कोटको ग्रेटवाल नयाँ पर्यटकीय गन्तव्य

    • ७.
      मसालका सदस्य तेजपाल केसीको दाहसंस्कार

    • ८.
      रिस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.