काठमाडौं, ३ भदौ — वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार उनलाई अध्यक्षमा नियुक्त गरेकी हुन्।
Advertisement
यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष रहेका डा. पौडेलले सरकारी अस्पतालको क्षमता अभिवृद्धि, चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारमा जोड दिँदै आएका छन्। उनले काउन्सिलको नैतिकता तथा परीक्षा समितिमा समेत कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा काम गरिसकेका छन्।
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबीबीएस र नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस गरेका डा. पौडेलले अब चिकित्सकीय पेशाको नियमन, व्यावसायिक आचरण र चिकित्सा शिक्षासम्बन्धी जिम्मेवारी सम्हाल्नेछन्।

