• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

१० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. कवि

  • ९. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

  • १०. हैदरावादमा मृत्यु भएकी जानकीको प्युठान पठाइयो

धरापमा प्रेस स्वतन्त्रता

"सम्पादकीय "

  •   बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
  • पछिल्लो हप्ता जनआस्था मिडियाका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले गिरफ्‌तार गर्‍यो । त्यति मात्रै होइन, प्रहरीले मिडियाको कार्यालयमा प्रवेश गरेर सञ्चारसामग्री कब्जा गर्‍यो । साउन २७ गते पक्राउ परेका श्रेष्ठ सर्वोच्च अदालतको परमादेशमा भदौ १ गते रिहा भएका छन् । त्यससँगै उपसभामुख रुबीकुमारी ठाकुरद्वारा जनआस्था मिडियामा प्रकाशित समाचारको विषयमा ललितपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको छ । यससँगै उनको पुनः गिरफ्‌तारीको सम्भावना देखिएको छ । ललितपुर प्रहरीले यस सम्बन्धमा छानबिन भइरहेको बताएको छ ।

    Advertisement

    पटकपटक स्मरण गराइरहनुपर्ने विषय होइन, समाचार सामग्रीमा चित्त नबुझे उजुरी गर्ने निकाय प्रेस काउन्सिल हो, प्रहरी होइन । पक्कै पनि काउन्सिलको प्रक्रियाबाट न्याय मिलेको अनुभूति भएमा सम्बन्धित पक्ष प्रहरीमार्फत् अदालतसम्म पुग्न सक्दछ । जनआस्था मिडियाको सवालमा भने यस्तो कानुनी प्रक्रियालाई पूरै बेवास्ता गरिएको छ, यद्यपि प्रशासनले यस खालको हेलचेक्राइँ पहिलोपटक गरेको होइन, पटकपटक यस खालका घटना दोहोरिने गरेका छन् । उपसभामुखजस्तो संवैधानिक संस्थाको नेतृत्व गरेको व्यक्तिबाट समाचारसम्बन्धी उजुरीको सम्बन्धमा यस खालको क्रियाकलाप दोहोरिने सम्भावना फेरि देखिएको छ । प्रेस स्वतन्त्रताको सवालमा के संवैधानिक पदमा नै बसेका व्यक्तिहरू अनभिज्ञ छन् वा उनीहरू जानीजानी कानुनको उल्लङ्घन गरिरहेका छन् ? प्रेस स्वतन्त्रताको सन्दर्भमा यो गम्भीर चिन्ताको विषय हो ।

    नेपालको संविधान–२०७२ मा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति छ । त्यसको अर्थ हुन्छ– समाचार सामग्री प्रकाशन गरेकै आधारमा कसैलाई फौजदारी अभियोग लगाइने छैन, न त सञ्चारसामग्री जफत गर्ने वा दर्ता खारेजी नै गरिनेछ । पक्कै पनि यसको अर्थ प्रेसलाई बेलगाम छोडिएको छ भन्ने होइन । प्रेसले कुनकुन विषयमा लेख्नुहुँदैन भन्नेबारे संविधानमा नै स्पष्ट व्यवस्था गरिएको छ । खासगरी राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, सामाजिक सद्भाव, स्वाधीनताजस्ता विषयमा प्रेसले आफूलाई विरुद्धमा प्रस्तुत गर्न सक्दैन । नेपाली प्रेसले यो लक्ष्मणरेखालाई स्मरण गरेकै छ । त्यसका साथै प्रेसले गोपनीयताको हकको पनि सम्मान गर्नुपर्ने हुन्छ । सञ्चारमाध्यमले कतिपय समाचारमा यस खालका कमजोरी गरेको हुन सक्छन् । यस विषयमा सम्बन्धित पक्ष वा प्रशासनले पनि आफूलाई कानुन विरुद्ध उभ्याउन मिल्दैन । अहिले जनआस्था मिडियाको सन्दर्भमा प्रशासनले नै आफूलााई कानुन विरुद्ध उभ्याएको छ । समाचार लेखेको वा सम्बन्धित व्यक्तिले सामाजिक सञ्जालमा राखेको फोटो पुनः प्रकाशित गरेकै भरमा सम्पादक श्रेष्ठलाई पक्राउ गरिएको छ । त्यसका साथै जनआस्था मिडियाको कार्यालयमा प्रहरीले खानतलासी गरेर सञ्चारसामग्री जफत गरिएको छ । भनिरहनुपर्ने विषय होइन, प्रशासनले जनआस्था मिडियाको सन्दर्भमा जुन रवैया अपनाएको छ, त्यसलाई कुनै पनि हालतमा कानुनसम्मत कारबाही मान्न सकिँदैन । अहिले पुनः उपसभामुख ठाकुरको उजुरीलाई आधार बनाएर प्रेस स्वतन्त्रता धरापमा पर्न थालेको प्रष्ट देखिएको छ ।

    प्रेस स्वतन्त्रता आफैमा नागरिक स्वतन्त्रता पनि हो । कानुनअनुसार राज्यलाई खबरदारी गर्ने भएर नै प्रेसलाई राज्यको चौथो अङ्ग मानिन्छ । त्यसैअनुसार संविधान र ऐनकानुनमा प्रेस स्वतन्त्रता कुण्ठित नहुने व्यवस्था गरिएको हुन्छ । नेपालको संविधान र ऐनकानुनमा पनि यस खालका प्रावधान छन् । त्यसका बाबजुद सरकार र प्रशासनले त्यो कानुनी व्यवस्थालाई बारम्बार अतिक्रमण गरेको देखिन्छ । प्रेसलाई ध्वस्त गर्नुको अर्थ लोकतन्त्रलाई ध्वस्त गर्नु हो भन्नेतर्फ राज्यले विचार पुर्‍याएको पाइँदैन । अहिले जनआस्था प्रकरणमा त्यस्तै रवैया प्रशासनबाट देखा परेको छ । राज्यको यस्तो चरित्र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा अस्वाभाविक हुन्छ । त्यसैले कुनै पनि सरकारले आफूलाई लोकतन्त्र, मौलिक हक र नागरिक स्वतन्त्रताको पक्षमा रहेको दाबी गर्दछ भने प्रेस स्वतन्त्रतालाई धरापमा पार्ने कारबाही तत्कालै बन्द गर्नुपर्दछ । प्रेस स्वतन्त्रताको प्रत्याभूतिविना लोकतान्त्रिक गणतन्त्रको अस्तित्व सम्भव छैन ।

    (युगदर्शन साप्ताहिक, वर्ष १७, अंक ४५, २०८३ भदौ ३ गते प्रकाशित)

    बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पर्यटन विकासको सम्भावना र सरकारको दायित्व
    पार्टीसङ्गठन सञ्चालनसम्बन्धी दुई पद्धति
    युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध
    सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू
    ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य
    भारतीय विद्यार्थी आन्दोलनमा नेहा बोराको उदय

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

    • २.
      युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    • ३.
      एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

    • ४.
      ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

    • ५.
      रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

    • ६.
      नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    • ७.
      १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

    • ८.
      चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.