• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

डा गोविन्द केसीको चौबिसौँ अनशन धनगढीमा सुरु


  •   बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । डा. गोविन्द केसीले चौबिसौँ सत्याग्रह (अनशन) कैलालीको सदरमुकाम धनगढीमा सुरु गरेका छन् ।

    Advertisement

    चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै लामो समयदेखि सङ्घर्षरत डा. केसी २०८३ साउन ८ गतेदेखि पुन: अनशन सुरु गरेका हुन् ।

    डा. केसीले यसपटकको अनशन मुख्य गरी गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने प्रक्रियामा भएका राजनीतिक नियुक्ति र निजी स्वार्थ समूहको चलखेलका विरुद्ध केन्द्रित गरेका छन् ।

    उनले आफू गेटा मेडिकल कलेज वा विश्वविद्यालयको विरोधी नभएको प्रस्ट पार्दै त्यहाँ हुने नियुक्तिमाथि प्रश्न उठाए ।

    डा. केसीले सार्वजनिक संस्थामा निजी मेडिकल कलेजसँग आबद्ध र स्वार्थ बाझिने व्यक्तिलाई पदाधिकारी नियुक्त गरिनुले गेटाको भविष्य र चिकित्सा शिक्षाको गुणस्तरमा गम्भीर असर पर्ने दाबी गरे । उनले त्यस्ता स्वार्थ बाझिने पदाधिकारीको नियुक्ति तत्काल खारेज गर्नुपर्ने माग राखेका छन् ।

    त्यस्तै उनले चिकित्सा शिक्षा आयोगको गरिमा जोगाउनुपर्ने र आयोगले निर्धारण गरेका मापदण्ड विपरीत निजी कलेजमा सिट सङ्ख्या बढाउने वा छात्रवृत्ति कटौती गर्नेजस्ता कार्य तत्काल रोक्न माग गरेका छन् ।

    उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ को मर्मअनुसार चिकित्सा शिक्षालाई पूर्ण रूपमा नाफारहित बनाउनुपर्ने र सरकारी छात्रवृत्तिमा अध्ययनरत चिकित्सकको परिचालनलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

    डा. केसीको अर्को मुख्य माग विगतमा सरकारसँग भएका सम्झौताको पूर्ण कार्यान्वयन हो । उनले सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकको स्वास्थ्य र शिक्षाको अधिकार सुनिश्चित गर्न आवश्यक पूर्वाधार विकास गरिनुपर्ने बताएका छन्, साथै द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, विगतका जघन्य अपराधका दोषीलाई कारबाही गरिनुपर्ने र उच्चपदस्थ राजनीतिज्ञ एवम् पदाधिकारीमाथि लागेका भ्रष्टाचारका आरोपको निष्पक्ष छानबिन गरिनुपर्ने माग पनि उनले अघि सारेका छन् ।

    डा. केसीले साउन ५ गतेसम्म सरकारलाई पाँचबुँदे माग पूरा गर्न समय दिएका थिए, तर सरकारले कुनै चासो नदिएपछि पुन: सत्याग्रहमा बस्न बाध्य भएको उनको तर्फबाट विजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि, कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रबहादुर चन्दले डा. केसीलाई काठमाडौँमै अनशन बस्न सुझाव दिएका थिए । कैलालीमा स्वास्थ्य अवस्था जटिल बने उपचार व्यवस्थापन गर्न कठिन हुन सक्ने उनीहरूको भनाइ थियो ।

    यता, गेटास्थित सहिद दशरथचन्द मेडिकल विश्वविद्यालय सञ्चालनको तयारी भइरहेका बेला डा. केसीको अनशनले प्रक्रिया प्रभावित हुन सक्ने भन्दै स्थानीयस्तरमा विरोध भएको बताइएको छ ।

    बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.