काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनमा फेरि जोर विजोर प्रणाली लागू गरिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि त्यसलाई रोकथाम गर्न जोर विजोर प्रणाली लागू गरिएको हो ।
गृह मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी २०० भन्दा बढी सक्रिय संक्रमित देखिएका जिल्लाहरुमा जोर विजोर प्रणाली लागू हुने जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेका पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकासहित ६ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। जसमा महोत्तरी, रौतटह, पर्सा, कैलाली र डोटी रहेका छन् । यी सबै जिल्लामा जोर विजोर लागू हुनेछ ।
‘काठमाडौं उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरु भोलि मिति २०७७।०४।२२ गतेदेखि लागू हुनेगरी जोर विजोर नम्बरका आधारमा मात्रै सञ्चालन गर्ने व्यवस्था गर्ने’ गृह मन्त्रालयको सूचनामा भनिएको छ ।
