• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको सफल शल्यक्रिया


  •   मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
  • चितवन, २६ जेठ । चितवन मेडिकल कलेज (सिएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी सफल शल्यक्रिया सम्पन्न भएको छ।

    Advertisement

    चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस प्रकारको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि ती युवतीलाई आज अस्पतालबाट डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।

    अस्पतालका ‘इन्टरभेन्सनल रेडियोलोजिस्ट’ डा. विवेककुमार साह र ‘कार्डियोभास्कुलर सर्जन’ प्रा. डा. अनिल आचार्य नेतृत्वको टोलीले उक्त शल्यक्रिया सम्पन्न गरेको हो।

    डा. साहका अनुसार चितवनको इच्छाकामना गाउँपालिका निवासी ती युवती खाना खान नसक्ने समस्या लिएर तीन दिनअघि सिएमसी अस्पताल पुगेकी थिइन्। प्रारम्भिक परीक्षणपछि गरिएको एमआरआई र सिटी स्क्यानबाट उनको मस्तिष्कको ठूलो नसा फुटेको पत्ता लागेको थियो।

    कार्डियोभास्कुलर सर्जरीमार्फत नसा फुटेको स्थानसम्म पुग्न कठिन हुने अवस्था रहेकाले आधुनिक ‘न्युरो इन्टरभेन्सनल’ प्रविधिको प्रयोग गरी चिरफार नगरी उपचार गरिएको डा. साहले बताउनुभयो। उहाँका अनुसार फुटेको नसाको स्थानमा ‘फ्लो डाइभर्टर’ (जाली) राखेर उपचार गरिएको हो।

    उहाँले भन्नुभयो, “यस प्रकारको समस्या दुर्लभ मानिन्छ। करिब एक हजार जनामध्ये एक जनामा मात्र यस्तो समस्या देखिने गर्दछ।” यस्तो अवस्थामा जोखिमयुक्त भागलाई सुरक्षित रूपमा बन्द गरेर नसा जोगाउनुपर्ने उहाँको भनाइ छ।

    अस्पतालका ‘क्याथल्याब इन्चार्ज’ अमृत काफ्लेका अनुसार यस्ता जटिल तथा जोखिमपूर्ण उपचारका लागि दक्ष जनशक्ति र अत्याधुनिक उपकरण आवश्यक पर्छ। अस्पतालमा उपलब्ध ‘बाइ–प्लेन क्याथ ल्याब’ सुविधाकै कारण यो उपचार सम्भव भएको उहाँले बताउनुभयो।

    आइतबार शल्यक्रिया गरिएकी ती युवतीलाई सोमबार वार्डमा सारिएको थियो। स्वास्थ्य अवस्था सन्तोषजनक रहेकाले आज डिस्चार्ज गर्ने तयारी गरिएको काफ्लेले जानकारी दिनुभयो।

    डा. साहका अनुसार शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदा रक्तनली (नसा) पनि कमजोर भई फुट्ने जोखिम बढ्न सक्छ। उपचारका क्रममा नसा थप फुट्न सक्ने सम्भावना रहने भएकाले अत्यन्त सावधानीपूर्वक उपचार गर्नुपर्ने उहाँले बताउनुभयो।

    उहाँले भन्नुभयो, “चिरफार नगरी धेरै प्रकारका शल्यक्रिया गरिए पनि यस प्रकृतिको जटिल शल्यक्रिया भने पहिलोपटक गरिएको हो।”

    मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.