• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

बैजनाथमा जलवायु परिवर्तनसम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न


  •   मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
  • नेपालगन्ज, २६ जेठ । जलवायु परिवर्तनसम्बन्धी विद्यालयस्तरीय सचेतना कार्यक्रमअन्तर्गत बैजनाथ गाउँपालिकामा सिकाइ साझेदारी तथा समीक्षा बैठक सम्पन्न भएको छ।

    Advertisement

    बैजनाथ गाउँपालिकाको सहयोग तथा बास नेपालको आयोजनामा सम्पन्न बैठकमा सहभागी प्रधानाध्यापकहरूले जलवायु परिवर्तनसम्बन्धी सचेतना कार्यक्रमले छोटो अवधिमै सकारात्मक उपलब्धि हासिल गरेको बताएका छन्।

    कार्यक्रममा बोल्दै श्री सूर्योदय माध्यमिक विद्यालय, चिसापानीका प्रधानाध्यापक दीपकबहादुर शाहीले जलवायु परिवर्तनसम्बन्धी सचेतना कार्यक्रम प्रभावकारी र समयसापेक्ष रहेको बताउनुभयो। उहाँले जलवायु परिवर्तन वर्तमान समयको प्रमुख चुनौती भएकाले विद्यार्थीसँगै अभिभावकलाई पनि सचेत बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो।

    बैठकमा सहभागी प्रधानाध्यापकहरूले विद्यालय सरसफाइ, हरियाली प्रवर्द्धन, शुद्ध खानेपानीको व्यवस्था तथा अन्य आधारभूत आवश्यकताहरूको समाधानका लागि गाउँपालिकाले थप प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।

    कार्यक्रमका क्रममा जलवायु परिवर्तन सचेतना अभियानमा सहभागी विद्यार्थीहरूले आफ्ना अनुभव तथा सिकाइहरू आदानप्रदान गरेका थिए। उनीहरूले कार्यक्रममार्फत वातावरण संरक्षण, वृक्षारोपण, फोहोर व्यवस्थापन तथा जलवायु परिवर्तनका प्रभावबारे महत्वपूर्ण ज्ञान हासिल गरेको बताएका थिए।

    बास नेपालकी केन्द्रीय महासचिव कल्पना अधिकारीले सहजीकरण गर्नुभएको बैठकमा संस्थाका निर्देशक हेमराज भट्टले जलवायु परिवर्तनसम्बन्धी सचेतना कार्यक्रमको उद्देश्य, प्राप्त उपलब्धि, सिकाइ, चुनौती तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो।

    बैठकमा बैजनाथ गाउँपालिका–१ स्थित श्री सूर्योदय माध्यमिक विद्यालय, वडा नं. ५ का श्री सुन्दर आधारभूत विद्यालय, श्री सिंह भवानी आधारभूत विद्यालय र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गुरुवागाउँ तथा वडा नं. ७ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पेडारीका प्रधानाध्यापक, सम्पर्क शिक्षक तथा जलवायु क्लबमा आबद्ध विद्यार्थीहरूको सहभागिता रहेको थियो।

    सहभागीहरूले विद्यालयस्तरबाट जलवायु परिवर्तनसम्बन्धी सचेतना विस्तार गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

    मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.