काठमाडौँ, १३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएका छन् । वादी समुदायबाट मन्त्री बनेको उनी पहिलो हुन् ।
Advertisement
महिला सशक्तिकरणमा सामाजिक संस्थामार्फत सेवा गर्दै आएकी नवनियुक्त वादीले हालै रासससँगको कुराकानीमा उनले वादी समुदायका महिलाको स्थिति झनै नाजुक रहेको बताए ।
कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौँको बुढानीलकण्ठ–८ मा बसोबास गर्दै आएकी वादीले राजनीतिक यात्रामा रास्वपाबाट सुरु गरेकी हुन् ।
यसअघि वादी समुदायबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसबाट उमादेवी वादी निर्वाचित भएकी थिइन् ।