• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नेपाली जनताले अमेरिकी डिजाइन बुझेनन् – सिंह


  •   मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
  • बुटवल, चैत ७ गते । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले गत फागुन २१ गते सम्पन्न चुनावको जनमत अमेरिकी डिजाइन र योजनामा आएको बताउनु भएको छ । जनताले अमेरिकी साम्राज्यवादको खेल बुझ्न नसक्दा दलहरूले हार व्योहोर्नु परेको बताउँदै अमेरिकी डिजाइन जनताले बुझ्न नसक्दा यस्तो परिणाम आएको महामन्त्री सिंहको भनाई थियो ।

    Advertisement

    नेकपा (मसाल) केन्द्रीय कार्यालयले २०८२ चैत्र ८ गते बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले वर्तमान राजनीतक अवस्थाले देशलाई गम्भीर मोडमा पुराएको उल्लेख गर्दै– ‘चुनावको परिणाम राजनीतिक इतिहासकै सबै भन्दा गम्भीर र अवान्छित परिणाम हो ।’

    बरिष्ठ कम्युनिष्ट नेता सिंहले अहिलेको चुनावको परिणामलाई जनमत भन्न नमिल्ने तर्क गर्दै प्रतिनिधि सभा निर्वाचन नेपालको आवश्यक्ता अनुसार नभएर अमेरिकी रणनीति अनुसार भएको दावी गर्नुभयो । उहाँले अब बन्ने नयाँ सरकार पनि अमेरिकाको डिजाइनमा बन्ने दावी गर्दै– ‘संसद विघटनदेखि निर्वाचन सम्पन्न गर्दासम्मको सबै प्रकृयाहरू योजनाबद्ध रुपमा भएको छ।’

    महामन्त्री सिंहले चैत २३ र २४ गते देशभर भएको आन्दोलनलाई मूलतः भ्रष्टाचार, सामाजिक अन्याय र विसंगतिविरुद्धको जनअसन्तोषको अभिव्यक्ति भएको बताउँदै युवाहरूको स्वतःस्फूर्त सहभागिता रहेको जेनजी आन्दोलनलाई गैरजेनजी तत्वहरूले “हाइज्याक” गरेर अमेरिकी साम्राज्यवादको सेवामा प्रयोग गरिएको आरोप लगाउनु भयो ।

    जेनजी पुस्ताले उठाएका मागहरू ठिक भएपनि सही प्रकारको नेतृत्व नहुँदा र राजनीतिक विचारबिहिन आन्दोलन भएकाले अरुले फाइदा लिएर विध्वंस मच्चाएको नेता सिंहको भनाइ छ । महामन्त्री सिंहले एमसिसीजस्ता परियोजनामार्फत एसपिपी पास गराएर नेपालमा रणनीतिक प्रभाव बढाउने अमेरिकाको प्रयासलाई समयमा नै बुझेर असफल बनाउन सबै राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताउनु भयो ।

    चैत २३ र २४ गते भएका हिंसात्मक घटनाबारे सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोप्रति उहाँले आपत्ति जनाउनु भयो । आन्दोलनका क्रममा सर्वसाधारणमाथि गोली प्रहार, आगजनी र तोडफोडजस्ता घटनालाई गम्भीर अपराधको संज्ञा दिँदै दोषीमाथि निष्पक्ष र कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

    महामनत्री सिंहले नेपालका कम्युनिष्टहरू कम्युनिष्ट जस्ता नभएकाले कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताउनु भयो । नेकपा (मसाल)ले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर चुनौतीका रूपमा प्रस्तुत गर्दै राष्ट्रिय स्वाधीनता, पारदर्शिता र जनताको हित अनुसार राजनीति सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

    सोही पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनपछि नेपालको अस्तित्वमाथि प्रश्न चिन्ह खडा भएको बताउनु भयो । अध्यक्ष केसीले संसद, सिहंदरवार, सर्वोच्च अदालत, दलका कार्यालयहरू र अन्य थुप्रै भौतिक संरचना जलाउनेहरूको बोलाबोल बढेको बताउँदै यस्ता गलत काम गर्नेहरूको हातबाट देशलाई जोगाउनु पर्नेमा केसीले जोड दिनु भयो ।

    एमसिसी पास गरेर अमेरिकालाई सहयोग गरेका काँगे्रस, एमाले र माओवादीहरूले एसपिपी पास गर्न नमानेकाले अमेरिकाको डिजाइनमा जेनजी आन्दोलन भड्काईएको अध्यक्ष केसीको भनाई थियो ।

    चुनावमा जनता झुक्कीएपनि जनताले ठिक बेठिक छुट्टाउने बताउँदै अब बन्ने नयाँ सरकारले देशलाई निकास दिन नसक्ने बताउनु भयो ।

    चुनावको हार जितमा आफ्‌नो पार्टीले विश्वास नगर्ने बताउँदे उहाँले भन्नुभयो– ‘हामीले देशको हितमा जनताका मुद्दा उठाउँदै आउका छौँ । अब पनि सङ्घीयता खारेज गर्न र राष्ट्रियताको पक्षमा निरन्तर लागि पर्छौैँ ।’

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षता र नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    • २.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • ३.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ४.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ५.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ६.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ७.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ८.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.