• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रेषित वक्तव्य


  •   आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
  • (२०८२ चैत्र ८ गते बुटवलमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रेषित वक्तव्य)

    Advertisement

    आदरणीय पत्रकार मित्रहरू,

    अतिथिहरू र सबै सहभागीहरू,

    १. सर्वप्रथम ने.क.पा. (मसाल)का तर्फबाट हामीले यो पत्रकार सम्मेलनमा उपस्थित सबै पत्रकार मित्रहरू, अतिथिहरू तथा सहभागीहरूलाई हार्दिक अभिनन्दन गर्न चाहन्छौँ । तपाईंँहरूलाई यो बताउँदा हामीलाई खुसी लागि रहेको छ कि हालै ने.क.पा. (मसाल)को केन्द्रीय समितिको बैठक सम्पन्न भएको थियो । त्यसले नेपालको आम चुनाव र तत्कालीन राजनीति परिस्थिति समेतको मूल्याङ्कन गरेर “तत्कालीन राजनीति प्रस्ताव” (सन्दर्भ चुनावको मूल्याङ्कन र कथित जेनजीहरूको भूमिकाको मूल्याङ्कन) पारित गरेको छ । त्यो प्रस्ताव पनि यहाँ तपाईंहरूका अगाडि बेग्लै प्रस्तुत गरिएको छ । त्यसबाट अहिले देशको तत्कालीन राजनीतिक परिस्थितिबारे हाम्रो पार्टीले गरेको व्याख्या र विश्लेषणबारे तपाईंँहरूलाई जानकारी हुने छ ।

    २. देशको अहिलेको राजनीतिक स्थितिलाई ठिकसँग बुझ्नका लागि सर्वप्रथम जेनजी तथा कथित जेनजीका बिचको अन्तरलाई हामीले ठिकसँग बुझ्नुपर्ने आवश्यकता छ । भदौ २३ र २४ गते नेपालमा चलेको जेनजी आन्दोलन सही र न्यायपूर्ण थियो । जेनजी भन्नाले एउटा खास उमेर समूहका युवाहरू नै आउँछन् । सामान्यतः त्यसको अर्थ २८ वर्षको उमेरसम्मका युवाहरू नै आउँछन् । नेपालमा उनीहरूले चलाएको आन्दोलन भ्रष्टाचारका विरुद्ध र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धका विरुद्ध नै थियो,  त्यसैले त्यो सही र न्यायपूर्ण पनि थियो । तर उनीहरूको त्यो आन्दोलनलाई कथित जेनजी वा गैरजेनजी तत्वहरूले “हाइज्याक” गरेर अमेरिकी साम्राज्यवादको सेवामा प्रयोग गरेका थिए । यहाँ हामीले कथित जेनजी वा गैरजेनजी भनेर ती तत्वहरूलाई नै लिएका छौँ, जो २८ वर्षको उमेरभन्दामाथिका व्यक्तिहरू थिए र जो स्वयं जेनजी थिएनन् । उनीहरूले नै त्यो आन्दोलनलाई नेतृत्व गरेको दाबी गरिरहेका छन् । जेनजीको आन्दोलन स्वतःस्फुर्त थियो । तर गैरजेनजीहरूले लामो समयदेखि त्यसको लागि योजनावद्ध प्रकारले तयारी गरिरहेका थिए र जेनजीहरूको स्वतःस्फुर्त आन्दोलनलाई उनीहरूले आफ्‌ना निहित स्वार्थको पक्षमा उपयोग गर्न प्रयत्न गरेका थिए । त्यसमा उनीहरू सफल पनि भएका थिए । आफ्‌नो कुनै सिद्धान्त, राजनीतिक लाइन, सङ्गठन वा नेतृत्वसमेत नभएको हुनाले जेनजीहरू सजिलैसित उनीहरूको प्रभावमा पर्न गए र देशमा त्यसका गम्भीर प्रकारका दुष्परिणामहरू पनि भएका छन् । त्यस प्रकारको अवान्छित परिणाम अहिले चुनावको परिणामका रूपमा अगाडि आएको छ ।

    ३. फागुन २१ गते आम चुनाव सम्पन्न भयो । त्यो चुनावको जुन परिणाम अगाडि आएको छ, त्यो नेपालको सम्पूर्ण राजनीतिक इतिहासको नै सबैभन्दा गम्भीर र अवान्छित परिणाम हो । त्यो नेपालका लागि राणाशासन तथा राजाको निरङ्कुश शासन र पञ्चायती शासनभन्दा गम्भीर अभिशापको रूपमा अगाडि आएको छ । राणाशासन वा राजाको निरङ्कुश शासन र पञ्चायती तानाशाही व्यवस्था देशभित्रका नै प्रतिक्रियावादी व्यवस्थाहरू थिए । निश्चय नै तिनीहरू पनि प्रतिगामी व्यवस्था थिए र तिनीहरूका विरुद्ध जनताले ठुलो सङ्घर्ष गरेर तिनीहरूलाई समाप्त गर्नुपरेको थियो । अहिले पनि एक वा अर्को प्रकारले प्रतिगमनले अगाडि आउने प्रयत्न गरिरहेको छ र हामीले त्यसको पुनर्स्थापनालाई रोक्न सङ्घर्ष गर्नुपर्ने छ । तर अहिले चुनावको परिणाम स्वरुप देशमा जुन खतरा अगाडि आएको छ, त्यो पहिलेका सबै प्रतिक्रियावादी व्यवस्थाहरूभन्दा गम्भीर रहेको छ र त्यसका दीर्घकालीन प्रकारका दुष्परिणामहरू हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । अहिले चुनावद्वारा जुन परिणाम अगाडि आएको छ, त्यो स्पष्ट र निश्चित रूपले अमेरिकी साम्राज्यवादको नेपालमा आफ्‌नो कठपुतली सरकार कायम गर्ने योजनाअन्तर्गत नै अगाडि आएको छ र त्यसका पछाडिको अमेरिकाको उद्देश्य नेपाल वा नेपालको भूमिलाई आफ्‌ना अन्तर्राष्ट्रिय उद्देश्यहरूको पक्षमा उपयोग गर्नु नै हो ।

    ४. अहिले नेपालमा जुन चुनाव सम्पन्न भयो त्यो नेपालको संविधान, राजनीतिक व्यवस्था वा जनताको माग अनुसार भएको चुनाव नै होइन । त्यो चुनाव अमेरिकाको नेपालमा आफ्‌नो कठपुतली सरकार कायम गर्ने रणनीति अनुसार नै भएको हो । त्यसैको लागि संसदको विघटन गरियो र नयाँ चुनावको घोषणा गरियो । अमेरिकी साम्राज्यवादका सबै स्रोत र शक्तिको प्रयोग गरेर चुनावमा अमेरिकाद्वारा परिचालित तत्वहरूलाई विजय बनाउन पूरा प्रयत्न गरियो । त्यसैको परिणाम हो कि त्यो चुनावबाट उनीहरूलाई करिब दुई तिहाई बहुमत प्राप्त भएको छ । नेपालमा पहिले पनि अमेरिका परस्ततत्वहरू सरकारमा थिए । उनीहरूको त्यस प्रकारको चरित्रका कारणले नै उनीहरू एमसिसीलाई पनि संसदद्वारा पारित गर्न तयार भएका थिए । तर उनीहरूको अमेरिकापरस्त चरित्रले पनि अमेरिकी साम्राज्यवादको पूरै रणनीतिक आवश्यकतालाई पूरा गर्दैनथ्यो । उनीहरू एमसिसी स्वीकार गर्न तयार भएपनि एसपीपी पारित गर्न तयार भएका थिएनन् । उनीहरूले एक चीनको नीतिलाई अपनाएका थिए । उनीहरूको त्यो नीतिले ‘स्वतन्त्र तिब्बत’ वा त्यहाँ दलाई लामाको पुनर्स्थापनासित मेल खाँदैनथ्यो । त्यसैले अमेरिकाको दृष्टिकोणमा उनीहरू अस्थिर र ढुलमुलतत्व थिए । त्यसैले उनीहरूलाई विस्थापित गर्ने नीति अपनाइयो र कथित जेनजीहरूद्वारा जेनजीहरूको न्यायपूर्ण आन्दोलनलाई “हाइज्याक” गरेर नेपालमा आफ्‌नो कठपुतली सरकार कायम गर्ने नीति अपनाइयो ।

    ५. अहिले अमेरिकाद्वारा परिचालित जुन तत्वहरूलाई जनताको अत्याधिक समर्थन प्राप्त भएको छ, त्यो जनताको वास्तविक समर्थन होइन । त्यो वास्तवमा लोकप्रियतावादको असर हो । हामीले संसारका विभिन्न देशहरूका उदाहरणहरूको चर्चा नगरौँ । स्वयं नेपालको कुनै राजनीतिक इतिहासको चर्चा गर्ने हो भने पनि देशमा कैयौँपल्ट यस्ता अवसरहरू आउँछन्, जुनबेला जनताको चेतना कुण्ठित वा विकृत हुन पुग्दछ र त्यसबाट प्रतिक्रियावादी शक्तिहरूलाई नै मद्दत पुग्दछ । राणाकालमा पनि जनताले त्यो बेलाका शासक वर्गहरूलाई समर्थन गरेका थिए र त्यसको परिणाम स्वरूप राणाशासन १०४ वर्षसम्म टिक्न सकेको थियो । जनताको चेतना कुण्ठित वा विकृत भएको हुनाले नै निरङ्कुश राजतन्त्र र पञ्चायती शासन पनि ३० वर्षसम्म कायम रहन सकेको थियो । तर जब जनताको चेतना सही रूपमा प्रकट हुन्छ । त्यस प्रकारका सबै प्रतिक्रियावादी व्यवस्थाहरू ढल्दछन् । त्यसकारण जनताको समर्थनलाई हामीले कहिल्यै पनि निरपेक्ष रूपमा लिनु हुँदैन । कुन बेला त्यो कुण्ठित हुन्छ वा कुन बेला त्यो जागृत हुन्छ ? त्यो निर्णयात्मक महत्वको कुरा हो । अहिले पनि देशमा अमेरिकी साम्राज्यवाद वा त्यसका सामाजिक सञ्जाल र सञ्चार माध्यमहरू तथा कथित जेनजीहरूको प्रभावका कारणले जनमत धेरै नै कुण्ठित हुन पुग्यो वा लोकप्रियतावाद हावी हुन पुग्यो । त्यसैको परिणाम हो कि अमेरिकाद्वारा सञ्चालित तत्वहरू वा कथित जेनजीहरू बहुमतमा आउन सफल भए । त्यसका साथै पुराना राजनीतिक पार्टीहरूले देशमा बहुदलीय व्यवस्था आएपछि वा गणतन्त्र कायम भएपछि पनि जसरी भ्रष्ट नीतिहरू अपनाउँदै गए, देशमा कुशासन कायम भयो र देशको विकास कुण्ठित भयो । त्यो कारणले जनतामा उत्पन्न असन्तोष र निराशाले पनि लोकप्रियतावादी जनमतलाई बल पुर्‍यायो । जनताको त्यस प्रकारको असन्तोष वा निराशालाई सही र अग्रगामी दिशा दिन सक्ने काम हुन सकेन । त्यसको परिणामस्वरूप जनतामा देखापरेको असन्तोष र निराशालाई प्रतिगामी शक्तिहरूले उपयोग गरेर देशलाई पुनः प्रतिगमनतिर लैजाने प्रयत्न गरेका थिए । त्यसका लागि अहिले पनि प्रयत्न गरिरहेका छन् । तर त्यो दौडमा अमेरिकी साम्राज्यवाद अगाडि आयो र त्यसले नेपालमा आफ्‌नो कठपुतली सरकार कायम गर्न आधार तयार पार्न सफल भयो । चुनावमा राजावादीहरूको पहिलेको तुलनामा संसदमा जुन ठुलो हार भयो, त्यसबाट उनीहरू ठुलो पैमानामा असफल भएको कुरा स्पष्ट छ । आफ्‌ना साम्राजवादी स्वार्थहरू पूरा गर्न विभिन्न देशका सरकारहरूमा फेरबदल वा उलटफेर गर्ने अमेरिकाको विश्वव्यापी रणनीति रहेको छ । हालैका घटनाहरूमा त्यसले भेनेजुएला र इरानमा चालेका कदमहरू उल्लेखनीय छन् । भेनेजुएलामा आक्रमण गरेर त्यसले त्यहाँको राष्ट्रपतिलाई नै अपहरण गर्यो भने इरानमा पनि आक्रमण गरेर त्यहाँ सत्ता परिवर्तन गर्ने प्रयत्न गरिरहेको छ र आफ्‌नो त्यो नीतिलाई त्यसले खुला प्रकारले नै बाहिर ल्याएको छ । तर इरानी जनताको वीरतापूर्ण प्रतिरोधको कारणले त्यहाँ त्यसको नीति सफल हुन सकेको छैन । तर नेपालमा चुनावको माध्यमद्वारा नै त्यसले आफ्‌नो कठपुतली सरकार कायम गर्ने नीति सफल पार्दैछ । छिट्टै नेपालमा त्यस प्रकारको सरकार कायम हुँदैछ । बताइरहनुपर्ने आवश्यकता छैन कि नेपालका लागि त्यो अत्यन्त घातक कुरा हो र त्यसका दीर्घकालीन दुष्परिणामहरू हुने सक्ने छन् ।

    ६. भाद्र २३ र २४ गतेका हिंसात्मक घटनाहरूको छानबिन गर्नको लागि सरकारले जाँचबुझ आयोगको गठन गरेको थियो र त्यसले आफ्‌नो प्रतिवेदन पनि सरकारलाई बुझाइसकेको छ । तर त्यो प्रतिवेदन अझै सार्वजनिक भएको छैन र स्वयं जेनजीहरूले पनि त्यसलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन् । त्यो प्रतिवेदन अझै सार्वजनिक नगरेको हुनाले त्यो आयोगले कहाँसम्म निष्पक्ष, न्यायोचित वा निर्भिकतापूर्वक भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन गरेको छ  ? त्यो प्रतिवेदन सार्वजनिक भएपछि नै थाहा हुने छ । त्यो कुरा जे भएपनि भाद्र २३ र २४ गतेका घटनाहरूबारे सहि दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता छ । प्रथमः २३ गते सामान्य र कलिला छात्रछात्रहरूमाथि जुन निर्ममतापूर्वक हत्या गरियो, त्यो अत्यन्त जघन्य र क्रूर अपराध हो । त्यो बेला विद्यार्थीहरूलाई छाती र टाउकोमा समेत ताकीताकी गोली हान्ने काम गरिएको छ । त्यस प्रकारका क्रूर, अमानवीय र बर्बर अत्याचारका लागि जिम्मेवार दोषीहरूमाथि कडा र न्यायोचित कारबाही गर्नुपर्ने आवश्यकता छ । त्यससित जोडिएको अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्दछ । जेनजीहरूले आफ्‌नो आन्दोलन शान्तिपूर्ण भएको बताएका थिए भने त्यसले हिंसात्मक रूप लिन थालेपछि आन्दोलनकारीहरूलाई फर्केर जान पनि आ़वान गरेका थिए । त्यसरी स्पष्ट छ जेनजीहरू त्यो दिनको तोडफोड वा हिंसात्मक गतिविधिका लागि जिम्मेवार थिएनन् । त्यो अवस्थामा यो प्रश्न उठाउने ठाउँ छ : त्यो दिनको आन्दोलनलाई तोडफोड वा हिंसात्मक कार्यका लागि उक्साउने तत्वहरू को थिए ? उनीहरूबारे पनि छानबिन गरेर उनीहरूमाथि कडा कारबाही गरिनुपर्दछ । भाद्र २४ गते देशव्यापी रूपमा जुन तोडफोड, आगलागी वा ध्वंसात्मक कार्यहरू भए ती कार्यहरू जेनजीहरूद्वारा गरिएका थिएनन् र उनीहरूद्वारा हुन पनि सक्दैनथे । त्यस प्रकारका अपराधजन्य कार्यहरू तालिम प्राप्त व्यक्तिहरूद्वारा नै हुन सक्दथे । त्यसका लागि लामो पूर्व तयारीको आवश्यकता थियो । स्पष्ट छ कि सीआइए, रअ, कथित जेनजी, राजावादीहरू र सामाजिक अपराधीहरूले नै त्यस प्रकारका ध्वंसात्मक कार्यहरू गरेको कुरा स्पष्ट छ । के जाँचबुझ आयोगले ती सबैबारे पनि निष्पक्ष तरिकाले छानबिन गरेर तिनीहरूका विरुद्ध न्यायोचित र निर्भिकतापूर्वक सिफारिस गरेको छ ? हाम्रो जोड २३ गते युवाहरूमाथिको गोली प्रहारका लागि जिम्मेवार दोषीहरू, त्यो दिनको जेनजीहरूको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक रूप दिन उक्साउने तत्वहरू र २४ गतेको तोडफोड आगलागी र ध्वंसात्मक कार्यहरूको लागि जिम्मेवार तत्वहरू समेतका विरुद्ध कडा र न्यायोचित कारबाही गर्नुपर्छ भन्ने कुरामा छ ।

    ७. जेनजीहरूको नाममा जुन कथित जेनजीहरू अगाडि आएका छन् र अहिले सत्तामा जाने तयारी समेत भइरहेको छ । उनीहरू राजनीतिक व्यक्तित्वहरू नै होइनन् । राजनीतिक व्यक्तित्व, नेता वा कार्यकर्ता भन्नाले उनीहरू नै हुन्छन् जो देश र जनताको सेवाको लागि पूरै समर्पित हुन्छन् तथा त्यसका लागि सबै प्रकारका सङ्घर्ष, त्याग र बलिदान गर्न पनि तयार हुन्छन् । नेपालको राजनीतिलाई भ्रष्टीकरण गर्ने काम पनि अत्याधिक रूपमा भएको छ । कैयौँ पार्टीका नेता वा कार्यकर्ताहरूले व्यक्तिगत पेसा फाइदा र भ्रष्टाचार समेतका लागि राजनीतिक पार्टीहरू वा राजनीतिको दुरूपयोग गर्ने गरेका छन् । त्यसैले जनताको पनि राजनीति वा राजनीतिक पार्टीमाथि वितृष्णा बढ्दै गएको पाइन्छ । संसारमा र नेपालमा पनि जुन महत्वपूर्ण राजनीतिक परिवर्तनहरू भएका छन्, ती कार्यहरू राजनीतिक पार्टीद्वारा नै हुने गरेका छन् र त्यसका लागि राजनीतिक नेता वा कार्यकर्ताहरूको लामो योगदान वा इतिहास भएको आम रूपमा थाहा भएको कुरा हो । तर अहिले कुनै राजनीतिक चरित्र वा पृष्ठभूमि नभएका व्यक्तिहरू देशको राजनीतिमा हावी हुन थालेको देखिएको छ । यस प्रकारका व्यक्तिहरूमा कथित जेनजी वा अमेरिकी साम्राज्यवादद्वारा परिचालित तत्वहरूको ठुलो सङ्ख्या छ । तिनीहरूमध्ये २३ गतेको जेनजीको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक रूप दिन उक्साउने वा २४ गतेको देशव्यापी तोडफोड, आगलागी वा ध्वंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिहरू पनि ठुलो सङ्ख्यामा सामेल भएको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । यदि त्यस प्रकारका तत्वहरू नै सत्तामा जान्छन् भने त्यो अवस्थामा देशमा शान्ति, सुव्यवस्था, सुशासन वा विकासमा मद्दत पुग्ने होइन, देशमा गम्भीर प्रकारको अव्यवस्था अराजकता वा दण्डहिनताको स्थिति नै उत्पन्न हुने बढी सम्भावना रहनेछ । युक्रेनमा कुनै राजनीतिक चरित्र वा पृष्ठभूमि नभएको जेलेनेस्की जस्तो व्यक्ति सत्तामा जाँदा त्यहाँ युद्ध र विनाशको स्थिति उत्पन्न भएको उदाहरण हाम्रा अगाडि छ । नेपालमा पनि त्यस प्रकारको स्थिति उत्पन्न हुने खतराप्रति हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ । आखिरमा देश कुन दिशामा जान्छ ? त्यसका लागि निर्णयात्मक शक्ति जनता नै हुन्, तर जनताले सही भूमिका त्यो बेला नै खेल्न सक्दछन् जब उनीहरूमा सही राजनीतिक चेतना हुन्छ । तर जनताको चेतना एक वा अर्को प्रकारले विकृत हुन गयो भने लोकप्रियतावादी जनमत हावी हुन्छ र त्यसबाट लोकप्रियतावादी शक्तिहरूलाई नै मद्दत पुग्दछ । संसारमा धेरै देशमा त्यस्तो हुँदै आएको छ । त्यस प्रकारको लोकप्रियतावादी मतले नै जर्मनीमा हिटलर विजय भएको थियो र स्वयं जर्मनी र विश्वमा पनि त्यसको कति भयानक परिणाम भएको थियो ? विश्वको इतिहास त्यसको साक्षी छ । अहिले नेपालमा पनि त्यस प्रकारको लोकप्रियतावादी जनमत भएको हुनाले नै गैरजेनजीहरू वा अमेरिकाद्वारा सञ्चालित तत्वहरू चुनावमा ठुलो परिमाणमा विजय हुन पुगेका छन् । त्यसको अन्तिम समाधान भनेको जनताको उच्च प्रकारको राजनीतिक चेतना नै हो । देशमा त्यस प्रकारको चेतना उठाउनका लागि हामीले योजनावद्ध र सङ्गठित रूपले प्रयत्न गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि हामीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.