• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

नेपाल इन्जिनियरिङ कलेजमा संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य सम्बन्धी फिल्ड कोर्स सुरु


  •   मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित
  • काठमाडौं, चैत ३ । ललितपुरको प्रयागपोखरीस्थित नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा “संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्यः मानव–पर्यावरण अन्तरसम्बन्ध” विषयक सातौँ वार्षिक फिल्ड कोर्स सोमबारबाट सुरु भएको छ। उक्त कार्यक्रममा नेपालभरका विद्यार्थी, अनुसन्धानकर्ता तथा संरक्षण क्षेत्रमा कार्यरत पेशाकर्मीहरूको सहभागिता रहेको छ।

    Advertisement

    कार्यक्रमको उद्घाटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदप्रसाद ढकालले गरेका हुन्। उद्घाटन सत्रको अध्यक्षता नेपाल इन्जिनियरिङ कलेजको सेन्टर फर प्रोफेशनल स्टडिजका निर्देशक रोबर्ट डंगोलले गरेका थिए । कार्यक्रममा अमेरिकास्थित युनिभर्सिटी अफ वासिङ्टनका प्राध्यापक डा. र्यान्डल सी. काइज तथा प्राध्यापक म्याथ्यू नोभाक विशेष अतिथिका रूपमा सहभागी थिए । उद्घाटन समारोहमा परम्परागत पानसमा बत्ती बालेर पाँच दिने कोर्सको औपचारिक सुरुवात गरिएको थियो ।

    कार्यक्रमको संयोजन तथा सञ्चालन नेपाल इन्जिनियरिङ कलेजका एमएस्सी नेचुरल रिसोर्स म्यानेजमेन्ट कार्यक्रमका संयोजक डा. नारायणप्रसाद कोजुले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले प्राकृतिक स्रोतको दिगो उपयोग र संरक्षणमा युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा अध्ययन अनुसन्धान गर्न प्रोत्साहन दिँदै आएको उल्लेख गरे। वैज्ञानिक अनुसन्धान मार्फत युवा अनुसन्धानकर्ताहरूले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा उनले व्यक्त गरे।

    विशेष अतिथि डा. र्यान्डल काइजले नेपाली विद्यार्थी तथा अनुसन्धानकर्तासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उनले संरक्षणसम्बन्धी अनुसन्धानमा नेपाली नयाँ पुस्ताले देखाएको उत्साह र प्रतिबद्धताको प्रशंसा गर्दै भविष्यमा अन्तर्राष्ट्रिय सहकार्य अझ मजबुत बनाउने आवश्यकता औंल्याए। त्यसैगरी प्रा. म्याथ्यू नोभाकले नेपाली विद्यार्थी तथा संस्थासँग दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्य विस्तार गर्ने आफ्नो रुचि रहेको बताए। नेपालमा उपस्थित भएर संरक्षण जीवविज्ञान र विश्व स्वास्थ्यका क्षेत्रमा उदाउँदै गरेका अनुसन्धानकर्तासँग नजिकबाट काम गर्न पाउँदा आफू उत्साहित रहेको उनले बताए।

    कार्यक्रमका अध्यक्ष रोबर्ट डंगोलले नेपाल इन्जिनियरिङ कलेजले विगत सात वर्षदेखि वन्यजन्तु, प्राकृतिक स्रोत व्यवस्थापन तथा जैविक विविधता अध्ययनका विद्यार्थीहरूका लागि यस प्रकारको फिल्ड कोर्समार्फत व्यावहारिक अध्ययनको अवसर उपलब्ध गराउँदै आएको बताए। सहभागीहरूले यस अवसरलाई ज्ञान अभिवृद्धि गर्न उपयोग गर्दै दिगो विकास तथा जैविक विविधता संरक्षणमा योगदान पुर्‍याउनुपर्ने उनले आग्रह गरे।

    आयोजकका अनुसार नेपालका सात विभिन्न संस्थाबाट कुल २० जना सहभागीहरूले उक्त कोर्समा भाग लिइरहेका छन्। नेपाल इन्जिनियरिङ कलेज र युनिभर्सिटी अफ वासिङ्टनले संयुक्त रूपमा सेन्टर फर ग्लोबल फिल्ड स्टडी तथा वासिङ्टन नेशनल बायोमेडिकल रिसर्च सेन्टरमार्फत कार्यक्रम सञ्चालन गरेका हुन्।

    चैत २ देखि वैशाख ६ सम्म सञ्चालन हुने उक्त कोर्समा संरक्षण जीवविज्ञान, वन्यजन्तु अनुसन्धान विधि, विश्व स्वास्थ्यसम्बन्धी मुद्दा तथा मानव–पर्यावरण अन्तरसम्बन्धका विषयमा केन्द्रित कार्यक्रमहरू समावेश गरिएको आयोजकले जनाएका छन्। तालिममार्फत सहभागीहरूलाई व्यवहारिक फिल्ड अनुसन्धान अनुभव प्रदान गर्दै जैविक विविधता संरक्षण तथा वातावरण र मानव स्वास्थ्यबीचको सम्बन्धबारे गहिरो समझ विकसित गराउने लक्ष्य राखिएको छ।

    मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.