काठमाडौँ । काठमाडौँ– ४ बाट राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका छवि बहादुर खनालले चुनावी खर्च विवरण बुझाएका छन्।
Advertisement
खनालले जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा चुनावी खर्च विवरण बुझाएका हुन् । उनले चुनावमा २३ हजार रुपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ ।
जसअनुसार मनोनयन दर्तामा १० हजार, पर्चाहरू ५ हजार, इन्धन खर्च रु. ३ हजार, अन्य विविध खर्च रु. ७ हजार जम्मा रु. २५ हजार रहेको छ ।