काठमाडौँ । काठमाडौँ– ६ बाट राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका जगत प्रसाद रेग्मीले चुनावी खर्च विवरण बुझाएका छन्।
Advertisement
रेग्मीले जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा चुनावी खर्च विवरण बुझाएका हुन् । उनले चुनावमा २३ हजार रुपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ ।
जसअनुसार मनोनयन दर्तामा १० हजार, माइक सिस्टम ५ हजार, पर्चा पम्प्लेट छपाई खर्च रु. ५ हजार, खाना एवं खाजा, रु. ३ हजार जम्मा रु. ९२ हजार रहेको छ ।


