काठमाडौँ । फागुन २१ गते निर्वाचनको दिन मौसम सफा रहने अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले २०८२ फागुन १९ गते मङ्गलबार साँझ ६ बजे जारी गरेको त्रिदिवसीय बुलेटिनमा यस्तो अनुमान गरिएको हो ।
महाशाखाले फागुन २० गते बुधबार दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु रहने बताएको छ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
बुधबार राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
एवम् प्रकारले फागुन २१ गते बिहीबार दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
बिहीबार राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
फागुन २२ गते शुक्रबार पनि सामान्यत मौसमको अवस्था त्यही रहनेछ । यस दिन बागमती र गण्डकीका केही स्थानमा फाट्टफुट्ट वर्षा वा हिमपात हुने अनुमान गरिएको छ ।
