काठमाडौँ । अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को तिसौँ अन्तरराष्ट्रिय सम्मेलन शुक्रबारदेखि हुने भएको छ ।
नेल्टाले आज पत्रकार सम्मेलन गरी यही माघ १६ र १७ गते ग्यालेक्सी पब्लिक स्कुलमा नेल्टा अन्तर्राष्ट्रिय सम्मेलन हुने जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा नेल्टाका अध्यक्ष प्राडा लक्ष्मण ज्ञवालीले अङ्ग्रेजी शिक्षाको महत्त्वका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छलफल हुने जानकारी दिए ।
‘भावी पुस्ताका लागि अङ्ग्रेजी भाषा शिक्षण : मानव, पृथ्वी र शान्तिका लागि शिक्षा’ भन्ने मूल नाराका साथ हुन लागेको उक्त सम्मेलनमा आठ सय अङ्ग्रेजी शिक्षकको सहभागिता हुने अध्यक्ष ज्ञवालीले बताए ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा अङ्ग्रेजी शिक्षाका बारेमा समूहगत प्रदेशस्तरीय छलफल हुनेछ ।
सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, मलेसिया, चीन, सिङ्गापुर, मङ्गोलिया चीन, सिङ्गापुर, मङ्गोलिया, अमेरिका, बेलायत, जापान, हङङलगायत देशका प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।