• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

नि:शुल्क शिक्षा र स्वास्थ्यविना मुलुकको रूपान्तरण सम्भव छैन : नगरप्रमुख थापा


  •   शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
  • टेकराज भुसाल, सन्धिखर्क ।

    Advertisement

    अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले नागरिकका लागि शिक्षा र स्वास्थ्य सेवा नि:शुल्क हुन सके मात्र मुलुकको वास्तविक परिवर्तन सम्भव हुने बताउनुभएको छ ।

    २०८२ पुस ५ गते शनिबार भूमिकास्थान नगरपालिका–३ मा अवस्थित अन्नपूर्ण माध्यमिक विद्यालयको त्रिचलिसौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

    नगरप्रमुख थापाले भूमिकास्थान नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरे पनि अपेक्षित प्रतिफल आउन नसकेको स्वीकार गर्दै शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकारसहित सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

    देश नै क्रमश: विद्यार्थीविहीन अवस्थामा पुग्न लागेको भन्दै उहाँले यसप्रति गम्भीर चिन्तासमेत व्यक्त गर्नुभयो ।

    यता अन्नपूर्ण माविले गत शैक्षिक सत्रको एसइई परीक्षामा शत्प्रतिशत नतिजा हासिल गर्न सफल हुनु उपलब्धिमूलक रहेको उल्लेख गर्दै नगरप्रमुख थापाले यस सफलतालाई निरन्तरतामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    ‘पढ्दै, कमाउँदै, रमाउँदै’ अवधारणालाई अघि सार्दै नगरपालिकाले भूगोलअनुसार तरकारी खेती, फलफूल खेती, माहुरी पालनलगायतका वयवहारिक र आयमूलक शैक्षिक क्रियाकलाप विभिन्न विद्यालयमा सञ्चालनमा ल्याएको जानकारी पनि उहाँले दिनुभयो ।

    कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडे, वडाअध्यक्ष कृष्णप्रसाद बन्जाडे, शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा तथा सामाजिक व्यक्तित्व सागर केसीलगायतले शिक्षा सुधार र सामुदायिक विद्यालयको सुदृढीकरणबारे आआफ्ना धारणा राख्नुभएको थियो ।

    कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद भुसालले विद्यालय स्थापनादेखि हालसम्मको यात्रा, उपलब्धि र चुनौतीबारे प्रकाश पार्दै सबै सरोकारवालाको निरन्तर सहयोगकै कारण विद्यालय आजको अवस्थामा आइपुगेको बताउनुभयो ।

    शिक्षक सुशील खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुवासचन्द्र बन्जाडेले वार्षिक प्रगति प्रतिवेदन तथा आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

    शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.