• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

भानुभक्त मावि प्युठानको स्वर्ण महोत्सव सम्पन्न


  •   बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
  • टेकराज भुसाल, खलङ्गा ।

    Advertisement

    प्युठान जिल्लाको मल्लरानी गाउँपालिका–३ मा अवस्थित भानुभक्त माध्यमिक विद्यालयले स्थापनाको पचासौँ वार्षिकोत्सव (स्वर्ण महोत्सव) विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

    शिक्षा, संस्कृति र सामाजिक सहभागितालाई केन्द्रमा राख्दै आयोजना गरिएको स्वर्ण महोत्सवले विद्यालयको गौरवपूर्ण इतिहास र उज्ज्वल भविष्यप्रतिको प्रतिबद्धतालाई स्पष्ट रूपमा उजागर गरेको दाबी गरिएको हो ।

    मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्काको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष खड्काले भानुभक्त माध्यमिक विद्यालय प्युठान जिल्लाकै एक मात्र प्राविधिक विषय अध्यापन हुने विद्यालयका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्नुभयो ।

    उहाँले विद्यालयले प्राविधिक शिक्षामार्फत स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न महŒवपूर्ण भूमिका खेलिरहेको बताउँदै पालिकाको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    विद्यालयका पूर्व अध्यक्ष तथा राजनीतिज्ञ बोमबहादुर खत्रीले विद्यालयले मल्लरानी गाउँपालिकाका विद्यार्थी मात्र नभई प्युठान जिल्लाका नौओटै पालिका तथा छिमेकी जिल्ला अर्घाखाँचीका विद्यार्थीलाई समेत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै विद्यालयबाट उत्पादन भएका विद्यार्थी विभिन्न क्षेत्रमा दक्ष जनशक्तिका रूपमा स्थापित हुनु विद्यालयको ठुलो उपलब्धि भएको बताउनुभयो ।

    कार्यक्रमको बिचबिचमा रक्तिम सांस्कृतिक अभियानका पूर्वकेन्द्रीय अध्यक्ष तथा जनवादी गायक जीवन शर्माले आफ्ना सन्देशमूलक तथा लोकप्रिय गीतको प्रस्तुति दिनुभएको थियो ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवलाल खत्रीको अध्यक्षतामा सम्पन्न उक्त समापन समारोहमा मल्लरानी गाउँपालिकाका पूर्व अध्यक्ष अमरध्वज राना, विद्यालयका प्राचार्य चक्रपाणि पौडेल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक तथा विद्यार्थीको व्यापक उपस्थिति रहेको थियो ।

    स्वर्ण महोत्सवको मङ्सिर २९ गते लुम्बिनी प्रदेश सरकार सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले उद्घाटन गर्नुभएको थियो ।

    विद्यालयले स्वर्ण महोत्सव सफल पार्न सहयोग गर्ने पाच सय बढीलाई सम्मानसमेत गरेको थियो ।

    बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.