• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुऔषधसहित १३ जना पक्राउ

मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

फिलिपिन्समा व्यापक भ्रष्टाचारविरुद्ध सडक आन्दोलन


  •   आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित
  • मनिला । फिलिपिन्समा आइतबार रोमन क्याथोलिक चर्चका पादरीहरूसहित हजारौँ नागरिकले बाढी नियन्त्रण परियोजनामा भएको ठूलो भ्रष्टाचार काण्डविरुद्ध सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले देशलाई नै हल्लाइदिएको अनियमिततामा संलग्न शीर्ष सांसद र सरकारी अधिकारीहरूलाई तत्काल मुद्दा चलाउन र चोरी भएको रकम फिर्ता गराउन कडाइका साथ माग गरे ।

    Advertisement

    वामपन्थी समूहहरूले मनिलाको मुख्य पार्कमा आयोजना गरिएको छुट्टै विरोध प्रदर्शनको नेतृत्व गर्दै सबै दोषी प्रमाणित अधिकारीहरूले तुरुन्तै राजीनामा दिई कानूनी कारबाहीको सामना गर्नुपर्ने दाबी गरे ।

    उता, राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले उष्णकटिबन्धीय एसियाको बाढी–पीडित द्वीपसमूहमा घटिया, अपूर्ण वा अस्तित्वविहीन बाढी नियन्त्रण योजनाका कारण उत्पन्न सार्वजनिक आक्रोश शान्त गर्ने प्रयास जारी राखिरहनुभएको छ ।

    मेट्रोपोलिटन मनिलामा सुरक्षाका लागि १७ हजारभन्दा बढी प्रहरी अधिकारी तैनाथ गरिएको थियो । मालाकानाङ राष्ट्रपतिको कार्यालय वरपरका मुख्य सडक र पुलहरू दङ्गा–विरोधी प्रहरी, ट्रक तथा काँडेदार तारले अवरुद्ध गरिएको थियो । देश विगत ३९ वर्षमा दुई राष्ट्रपतिलाई आंशिक रूपमा भ्रष्टाचारकै आरोपमा पदच्युत गरेको इतिहास भएकोले केही समूहले सेनालाई राष्ट्रपति मार्कोसप्रति समर्थन फिर्ता लिन समेत आह्वान गरेका थिए, तर सेनाले यस्ता मागलाई कडा ढङ्गले अस्वीकार गरेको छ ।

    फिलिपिन्स सशस्त्र बलले आइतबार तीन जना पूर्व सैन्य प्रमुखसहित कम्तीमा ८८ जना सेवानिवृत्त जनरल हस्ताक्षरित वक्तव्यलाई स्वागत गर्दै असंवैधानिक गतिविधि वा सैन्य विद्रोहका सबै प्रयासको स्पष्ट निन्दा गरेको जनाएको छ । सेनाले एउटा विज्ञप्तिमा भन्यो, “हाम्रा सेवानिवृत्त तथा सक्रिय नेताहरूको एकीकृत आवाजले सशस्त्र बललाई स्थिरताको स्तम्भ र दृढ लोकतान्त्रिक संरक्षकको रूपमा पुष्टि गरेको छ ।”

    देशभरका क्याथोलिक चर्चहरूले आइतबारको प्रदर्शनमा नेतृत्वदायी भूमिका निभाए । मुख्य प्रदर्शन राजधानी क्षेत्रको इड्सा राजमार्ग छेउस्थित ‘जन–शक्ति’ स्मारकमा आयोजित थियो । त्यहाँ करिब पाँच हजार नागरिक प्रायः सेतो पोशाकमा उपस्थित भएको प्रहरीको अनुमान छ । सहभागीहरूले हालसालै सार्वजनिक भएका हजारौँ असमान बाढी नियन्त्रण योजनामा संलग्न सांसद, अधिकारी तथा निर्माण कम्पनीका मालिकहरूलाई जेल पठाउन र चोरी गरेको रकम तत्काल फिर्ता गराउन माग गरे । एक प्रदर्शनकारीले ‘लोभीहरूका लागि कुनै दया छैन’ लेखिएको टी–सर्ट लगाइरहेको देखिन्थ्यो ।

    राष्ट्रपति मार्कोसले गत जुलाईमा कङ्ग्रेसमा प्रस्तुत राष्ट्र–सम्बोधनकै क्रममा बाढी नियन्त्रण परियोजनामा देखिएका विसङ्गतिका विषयमा पहिलो पटक चेतावनी दिनुभएको थियो । त्यसयता, एउटा मात्र परियोजनासम्बन्धी अनियमिततामा सात सार्वजनिक निर्माण अधिकारीहरूलाई अवैध कोष प्रयोग तथा भ्रष्टाचारका आरोपमा जेल सजाय भइसकेको छ । सो प्रकरणमा संलग्न निर्माण कम्पनी ‘सनवेस्ट कर्पोरेसन’ का कार्यकारीहरूको खोजी भइरहेको बताइन्छ ।

    गत शुक्रबार पूर्व सरकारी इन्जिनियर हेनरी अल्कान्टाराले सिनेटको सुनुवाइमा शपथअन्तर्गत स्वीकार्दै आफू संलग्न रहेको ११ करोड पेसो (करिब १९ लाख डलर) किकब्याक रकम पुनः फिर्ता गरेको बताउनुका साथै केही हप्ताभित्र थप रकम फिर्ता गर्ने वाचा गर्नुभएको थियो । राष्ट्रपति मार्कोसका अनुसार यसै काण्डमा संलग्न व्यक्तिहरूको करिब १२ अर्ब पेसो (२१ करोड डलर) बराबरको सम्पत्ति अधिकारीहरूले फ्रिज गरिसकेका छन् ।

    आइतबारको र्‍यालीमा प्रदर्शनकारीहरूले संलग्न सिनेटरहरू र प्रतिनिधिसभाका सदस्यहरूसहित धेरै अधिकारीहरूलाई चाँडै जेल हाल्नुपर्ने र उनीहरूले चोरेको र निजी जेटहरू र लक्जरी कारहरू, महलहरू र असाधारण जीवनशैलीलाई वित्तपोषण गर्न प्रयोग गरेको रकम फिर्ता गर्न आदेश दिनुपर्ने माग दोहोर्‍याए ।

    आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लागुऔषधसहित १३ जना पक्राउ
    मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व
    हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन
    वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार
    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      लागुऔषधसहित १३ जना पक्राउ

    • २.
      मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

    • ३.
      हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

    • ४.
      वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

    • ५.
      अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

    • ६.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ७.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ८.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.