नयाँदिल्ली । जवाहरलाल नेहरू विश्वविद्यालय विद्यार्थी संघ चुनावमा लेफ्ट (वामपन्थी) हरूले फेरि जीत हासिल गरेका छन् । यससँगै एबीभीपीले चारवटै सिटमा हारको सामना गर्नु परेको छ ।
Advertisement
वामपन्थी उमेदवारहरू अदिति अध्यक्ष, गोपिका उपाध्यक्ष, सुनील महासचिव र दानीश अली संयुक्त सचिव पदको लागि विजयी भएका छन् ।
१. अदिति मिश्राले १,८६१ मत प्राप्त गरेका छन् । एबीवीपीका विकास पटेललाई हराएका हुन् ।
२. के. गोपिकाले २,९६६ मत प्राप्त गरेका छन् । एबीवीपीकी तान्या कुमारीलाई हराए। उनलाई १,७३० मत प्राप्त भएको थियो ।
३. सुनील यादवले एबीवीपीका राजेश्वर दुबेलाई १,८४१ मतान्तरले हराएका छन् ।
४. दानिश अलीले १,९९१ मत प्राप्त गरेका छन् । अलीसँग एबीवीपीका अनुज दमारा पराजित भएका छन् ।