• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

विश्वकै वृद्ध राष्ट्रपतिले लिए ९२ वर्षको उमेरमा शपथ


  •   शुक्रबार, कार्तिक २१, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपालको राजनीति वृत्तमा उमेर हद र लगातार एउटै व्यक्तिद्वारा सत्ता परिचालनको सन्दर्भमा चर्चा चलिरहँदा ४३ वर्षदेखि क्यामरूनको सत्ता सम्हाल्दै आएका पल बियाले बिहीबार पुनः राष्ट्रपति पदको शपथ लिएका छन् । यो उनको राष्ट्रपतिको रूपमा लगातार आठौँ कार्यकाल हो ।

    Advertisement

    मध्यअफ्रिकी देशका ९२ वर्षीय पल बिया अब सात वर्षसम्म देशको प्रमुख रहनेछन् । उनी बाँचिरहेको अवस्थामा ९९ सय वर्षको उमेरसम्म क्यामुरुनको राष्ट्रपति पदमा रहनेछन् ।

    आफ्‌नो शपथग्रहण सम्बोधनमा विश्वकै सबैभन्दा वृद्ध राष्ट्रपतिले विरोध प्रदर्शनका क्रममा मारिएका पीडितहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै अशान्तिको लागि गैरजिम्मेवार राजनीतिज्ञहरूलाई दोष दिए ।

    उनले भने, “म तपाईंहरूलाई के आश्वासन दिन सक्छु भने व्यवस्था कायम हुनेछ ।” उनले देशलाई संटमा धकेल्नु व्यर्थ भएको बताए ।
    गत महिना भएको निर्वाचनका क्रममा उठेका धाँधलीका आरोपहरूको बावजुद राष्ट्रपति बियाले निर्वाचन प्रक्रियालाई सन्तोषजनक भनेका थिए ।

    क्यामरूनमा निर्वाचनको समयमा ठूलो विरोध प्रदर्शन भएको थियो । प्रदर्शनमा सरकारी दमन हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । १२ सय भन्दा बढी व्यक्ति पक्राउ परेको देशको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

    अक्टोबर १२ मा सम्पन्न निर्वाचनमा बियाले ५३.७ प्रतिशत मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी इसा चिरोमा बाकरीले ३५.२ प्रतिशत मत पाएका थिए ।

    चिरोमा बाकरीले आफू नै चुनावको वास्तविक विजेता भएको अडान लिँदै आएका छन् । उनले निर्वाचन अधिकारीहरूलाई धाँधलीको आरोप लगाएका छन् । यो आरोपलाई सरकारले अस्वीकार गर्दै आएको छ ।

    चिरोमा बाकरी पहिले बियाका सहयोगी र सरकारमा मन्त्री रहिसकेका छन् । यद्यपि, यसपटक विपक्षीका रूपमा उभिएका बाकरीले अप्रत्याशित रूपमा युवाहरूलाई आन्दोलित र परिवर्तनका लागि उत्साहित पारेका छन् ।

    सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि पल बिया क्यामरूनका दोस्रो राष्ट्रपति बनेका थिए । बीबीसी

    शुक्रबार, कार्तिक २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बेनी-दरवाङ सडक सञ्चालन
    अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो
    महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन
    सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • २.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    • ३.
      बेनी-दरवाङ सडक सञ्चालन

    • ४.
      अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

    • ५.
      महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

    • ६.
      सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

    • ७.
      रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

    • ८.
      बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.