• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

क्याम्पस प्रमुखलाई छैठौँले बुझायो ज्ञापन पत्र


  •   बिहिबार, कार्तिक २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौँ) सरस्वती बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसमा अध्ययन अध्यापन, अनुशासन र पारदर्शितामा नयाँ अध्याय प्रारम्भ गर्नेछ र विद्यार्थीलाई ज्ञानसाथसाथै चरित्र, सोच र सामाजिक उत्तरदायित्व सिकाउने वातावरण सिर्जनाको माग गर्दै क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।

    Advertisement

    सो ज्ञापनपत्र २०८२ कात्तीक २० गते अखिल (छैठौँ)का काठमाडौँ जिल्ला समितिका अध्यक्ष मोतिलाल भुसाल (मदन)को नेतृत्वमा गएको प्रतिनिधी मण्डलले बुझाएको हो । क्याम्पस प्रमुखको रुपमा ठाकुर प्रसाद वाग्ले नियुक्ती भएसँगै उक्त क्याम्पसमा भएका कतिपय समस्याहरूलाई साधमानका लागि जोड दिंदै आफूहरूले उक्त ज्ञापनपत्र बुझाएको भुसालले युगदर्शनसँग भने ।

    ज्ञापन पत्रमा लेखिएको छः

    “आदरणीय क्याम्पस प्रमुख श्री ठाकुर प्रसाद वाग्ले ज्यु,

    सरस्वती बहुमुखी क्याम्पस,

    ठमेल

    अखिल (छैठौं) सरस्वती बहुमुखी क्याम्पस इकाई समितिको तर्फबाट, तपाईंलाई क्याम्पस प्रमुखमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछौँ। शिक्षालय केवल भवन र कक्षाकोठाको समूह होइन । यो चेतनाको केन्द्र हो जहाँबाट राष्ट्रका जिम्मेवार नागरिकहरू निर्माण हुन्छन् । यस संस्थाको नेतृत्वमा तपाईं जस्तो अनुभवी, निष्पक्ष र विद्यार्थीमैत्री व्यक्तित्व आउनु हाम्रो लागि अत्यन्त हर्षको विषय हो । तपाईंको कार्यकालले केवल व्यवस्थापकीय नेतृत्व मात्र होइन, एक शैक्षिक आन्दोलनको दिशा पनि तय गर्नेछ भन्नेमा हामी पूर्ण विश्वास गर्दछौँ । तपाईंको नेतृत्वमा क्याम्पसले अध्ययन अध्यापन, अनुशासन र पारदर्शितामा नयाँ अध्याय प्रारम्भ गर्नेछ र विद्यार्थीलाई ज्ञानसाथसाथै चरित्र, सोच र सामाजिक उत्तरदायित्व सिकाउने वातावरण सिर्जना हुनेछ ।

    अखिल (छैठौँ) विद्यार्थी संगठनले सधैं शिक्षा र सामाजिक न्यायका सवालमा अग्रपंक्तिमा रहँदै आएको छ । हाम्रो उद्देश्य पार्टीगत प्रतिस्पर्धा होइन, विद्यार्थी हित र शैक्षिक गुणस्तर हो । त्यसैले हामी स्पष्ट रूपमा भन्न चाहन्छौँ । हामी पार्टीगत मुद्दालाई भन्दा विद्यार्थीको मुद्दालाई प्राथमिकतामा राखेर क्याम्पस प्रशासनसँग सहकार्य गर्नेछौँ । हामी विश्वास गर्छौँ, विद्यार्थी र प्रशासनबीचको सहकार्यले मात्र क्याम्पसको वास्तविक विकास सम्भव छ । विद्यार्थीका सुझाव सुन्ने, समस्या समाधानमा उनीहरूलाई सहभागी गराउने र संवादको नियमित संयन्त्र स्थापना गर्ने अभ्यासले मात्र क्याम्पसको वातावरणलाई पारदर्शी, जिम्मेवार र सकारात्मक बनाउँछ।

    हामी क्याम्पसमा विद्यार्थीमाथि प्रत्यक्ष प्रभाव पार्ने सुधारात्मक काममा ध्यान केन्द्रीत गर्न चाहन्छौँ । विशेषगरी डिजिटल लाइब्रेरीको स्थापना र सुदृढीकरण हाम्रो प्रमुख लक्ष्य हुनेछ । आधुनिक शिक्षामा पहुँच र सन्दर्भसामग्रीको सहज उपलब्धता अत्यावश्यक छ । विद्यार्थीहरूले अध्ययन, अनुसन्धान र आत्मविकासका लागि डिजिटल स्रोतहरूमा सहज पहुँच पाउनु उनीहरूको अधिकार हो । साथै, नियमित कक्षा सञ्चालन, शिक्षक उपस्थितिमा सुधार, मूल्याङ्कन प्रणालीमा पारदर्शिता र व्यवहारिक अध्ययनलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नु आवश्यक छ । यसले विद्यार्थीहरूको सिप, आत्मविश्वास र रोजगार क्षमता दुबै बढाउनेछ । हामी चाहन्छौँ कि क्याम्पस केवल परीक्षामुखी होइन, जीवनमुखी शिक्षाको केन्द्र बन्ने हो, जहाँ विद्यार्थीले अध्ययनसँगै नेतृत्व, विचार र चरित्रमा सक्षम बनून् । त्यसैले हामी प्रशासनसँग मिलेर अनुसन्धान, बहस, रचनात्मक कार्यक्रम र सामाजिक उत्तरदायित्वमा सहभागी गराउने वातावरण निर्माण गर्न चाहन्छौँ ।

    हामी अनुशासन र पारदर्शितामूलक वातावरणका पक्षमा छौँ । विद्यार्थी, शिक्षक र कर्मचारीबीच आपसी सम्मान, सहयोग र संवादको संस्कृतिको विकासले मात्र क्याम्पसको प्रतिष्ठा बढाउन सक्छ भन्ने हाम्रो दृढ विश्वास छ । आर्थिक रूपमा कमजोर र पिछडिएका विद्यार्थीहरूको पहुँच सुनिश्चित गर्नु हाम्रो अर्को दृष्टिकोण हो। हरेक विद्यार्थीको सपना समान हुन्छ, तर अवसर सधैं बराबर हुँदैन । त्यसैले छात्रवृत्ति, सहुलियत, र सहयोग कार्यक्रमलाई निष्पक्ष र पारदर्शी बनाउने काममा हामी प्रशासनसँगै हातेमालो गर्न तयार छौं। हामी सधैं जिम्मेवार, सचेत र उद्देश्यपूर्ण विद्यार्थी आन्दोलनमा विश्वास गर्दछौं र हाम्रो भूमिका प्रतिपक्ष होइन, साझेदारीको हुनेछ जसले विद्यार्थीको हित र संस्थाको प्रतिष्ठा दुबै उचो बनाउनेछ।

    हामी क्याम्पसलाई आगामी वर्षहरूमा एक नमुना शिक्षण संस्थान बनाउने दीर्घ दृष्टि राख्छौँ । शैक्षिक परिषद्, शिक्षक समूह र विद्यार्थीबीच नियमित संवाद संयन्त्र स्थापना गरी विद्यार्थीका सुझावलाई कदर गर्ने र समस्या समाधानमा उनीहरूलाई सहभागी गराउने अभ्यासले पारदर्शी शैक्षिक संस्कृति स्थापना गर्न सकिन्छ । हामी चाहन्छौँ कि सरस्वती बहुमुखी क्याम्पसले आफ्‌नो गौरवमय इतिहासलाई नयाँ युगमा रूपान्तरण गरोस् र तपाईंको नेतृत्व यस दिशामा प्रेरक शक्ति बन्नेछ । अखिल (छैठौं) संगठन तपाईंको प्रत्येक सकारात्मक पहलमा साथ दिनेछ र विद्यार्थीमाथि प्रत्यक्ष प्रभाव पार्ने हरेक सुधारको साझेदार बन्नेछ ।

    अन्त्यमा, अखिल (छैठौं) सरस्वती बहुमुखी क्याम्पस इकाई समितिको तर्फबाट पुनः तपाईंलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ । हामी विश्वास गछौँ तपाईंको नेतृत्वमा यो क्याम्पस केवल शिक्षाको केन्द्र मात्र नभई, अनुशासन, गुणस्तर र संस्कारको प्रतीक बन्नेछ । हामी भविष्यमा पनि विद्यार्थी, शिक्षा र संस्थागत विकासका हरेक काममा प्रशासनसँग हातेमालो गरेर अघि बढ्नेछौँ र हाम्रो सहकार्यले क्याम्पसको उज्यालो भविष्य निर्माण गर्न सघाउनेछ ।”

    बिहिबार, कार्तिक २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.