• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग


  •   आइतबार, कार्तिक १६, २०८२ मा प्रकाशित
  • सियोल । युक्रेनमा युद्धकै क्रममा बन्दी बनाइएका दुई उत्तर कोरियाली सैनिकले दक्षिण कोरियामा बस्न पाउन आग्रह गरेको दक्षिण कोरियास्थित मानव अधिकार सङ्गठनले जनाएको छ ।

    Advertisement

    उक्त निवेदन उनीहरूले एउटा वृत्तचित्र फिल्मका लागि गरिएको अन्तर्वार्ताका क्रममा गरेका हुन् । अन्तर्वार्ता ग्योर–इओल नेसन युनाइटेड नामक सङ्गठनको सहयोगमा सम्पन्न भएको बताइन्छ । उक्त सङ्गठनका प्रमुख र उत्तर कोरियाबाट दलबदल गरेका जाङ से–युलका अनुसार सन् २०२४ मा रुसको पक्षमा लड्न करिब १० हजार उत्तर कोरियाली सैनिक युक्रेन पठाइएका थिए भन्ने दक्षिण कोरियाली र पश्चिमी गुप्तचर निकायहरूको मूल्याङ्कन रहेको छ ।

    जाङका अनुसार दुई जना युद्धबन्दीले अन्तर्वार्ताको अन्त्यमा वृत्तचित्रका निर्मातालाई आफूहरूलाई दक्षिण कोरियामा लैजान अनुरोध गरेका थिए । उक्त अन्तर्वार्ता अक्टोबर २८ मा किएभस्थित एक गोप्य स्थानमा गरिएको थियो, जहाँ उनीहरूलाई युक्रेनी सेनाले कब्जा गरेपछि राखिएको हो ।

    जाङले भन्नुभयो, “उनीहरूले अन्तर्वार्ताकारकर्तासँग दक्षिणमा लैजाने वाचा गर्न विनम्र अनुरोध गरेका थिए ।”

    दक्षिण कोरियाको संविधानअनुसार उत्तर कोरियाका नागरिकहरूलाई समेत कोरियाली नागरिकका रूपमा मानिन्छ । त्यसैले सियोलले युक्रेनमा पक्राउ परेका उत्तर कोरियाली सैनिकहरूमा पनि यो अधिकार लागू हुने स्पष्ट पारेको छ ।

    जाङका अनुसार उक्त अन्तर्वार्ताको भिडियो अहिले सार्वजनिक गरिएको छैन, तर आगामी हप्ताहरूमा प्रकाशन गरिने तयारी भइरहेको छ । उहाँले भन्नुभयो, “हामीले युद्धबन्दीहरूलाई आशा र हौसला दिन दक्षिणमा बसिरहेका दलबदलकारीहरूको भिडियो सन्देश र पत्रहरू देखाएका थियौँ ।”

    ग्योर–इओल नेसन युनाइटेडद्वारा उपलब्ध तस्बिरहरूमा एक युद्धबन्दीले दक्षिण कोरियामा आश्रय पाएका दलबदलकारीहरूका पत्रहरू पढिरहेको देखिन्छ ।

    यसअघि, फेब्रुअरीमा युक्रेन भ्रमणमा गएका दक्षिण कोरियाली सांसद यु योङ–विनले पनि एक युद्धबन्दीले आफूलाई दक्षिण कोरियामा बस्न दिन अनुरोध गरेको बताउनुभएको थियो । सांसद युले गुप्तचर सेवाको हवाला दिँदै भन्नुभयो, “उत्तर कोरियाली सैनिकहरूलाई बन्दी पर्नुभन्दा आत्महत्या गर्न आदेश दिइएको छ ।”

    उहाँका अनुसार कैदीहरूले आफ्ना घाइते सहकर्मीहरूले ग्रेनेड प्रयोग गरी आत्महत्या गरेको दृश्य देखेका थिए ।

    सांसद युले भन्नुभयो, “यदि ती सैनिकहरूलाई उत्तर कोरियामा फिर्ता पठाइयो भने उनीहरूको मृत्यु निश्चित हुनेछ ।”

    प्योङयाङले यस वर्ष अप्रिलमा मात्र रुसको युद्धमा आफ्ना सेना पठाएको स्वीकार गरेको थियो र केही सैनिक मारिएको पनि पुष्टि गरेको थियो ।

    उत्तर कोरियाका नेता किम जोङ उनले युद्धमा ज्यान गुमाएका सैनिकका परिवारसँग भेट गरी ‘उनीहरूको असहनीय पीडा’ का लागि समवेदना प्रकट गर्नुभएको थियो ।

    यसैबीच सियोलस्थित गुप्तचर एजेन्सीले सेप्टेम्बरमा दिएको विवरण अनुसार युक्रेन युद्धमा करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरिएको छ ।

    आइतबार, कार्तिक १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.