• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रमुख सल्लाहकार युनुसद्वारा बङ्गलादेशी सेनालाई चुनावअघि सुरक्षा सुनिश्चित गर्न निर्देशन


  •   आइतबार, कार्तिक १६, २०८२ मा प्रकाशित
  • ढाका । बङ्गलादेशका प्रमुख सल्लाहकार प्राध्यापक मुहम्मद युनुसले आगामी १३औँ राष्ट्रिय संसद् चुनावको तयारीका क्रममा देशभरि शान्ति, सुरक्षा र स्थिरता कायम राख्न सशस्त्र फौजलाई विशेष निर्देशन दिनुभएको छ ।

    Advertisement

    आगामी फेब्रुअरीको मध्यमा हुने अपेक्षा गरिएको निर्वाचनलाई लक्षित गर्दै उहाँले सेनालाई व्यापक तयारीका साथ जिम्मेवारीपूर्वक खटिन आह्वान गर्नुभएको हो ।

    शनिबार साँझ ढाकास्थित स्टेट गेस्ट हाउस जमुनामा आयोजित उच्चस्तरीय बैठकमा उहाँले सेना प्रमुख जनरल वाकर–उज–जमान, नौसेना प्रमुख एडमिरल मोहम्मद नजमुल हसन र वायुसेनाका प्रमुख एयर चिफ मार्शल हसन महमुद खानसँग सुरक्षा व्यवस्थाबारे विस्तृत छलफल गर्नुभएको थियो । सो बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार डा. खलीलुर रहमान पनि उपस्थित हुनुहुन्थ्यो ।

    ढाका ट्रिब्युनका अनुसार प्राध्यापक युनुसले विगत १५ महिनादेखि राष्ट्रिय स्थिरता र कानून प्रवर्तनमा सेनाको उल्लेखनीय योगदानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउने सरकारको प्रतिबद्धतामाथि जोड दिँदै नागरिक प्रशासनसँग नजिकको सहकार्यमा सशस्त्र फौजले राष्ट्रव्यापी रूपमा सुरक्षित र सहज मतदान सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

    बैठकमा तीनै अङ्गका प्रमुखहरूले आफ्ना परिचालन योजनाबारे प्रमुख सल्लाहकारलाई जानकारी गराउनुभएको थियो । रिपोर्ट अनुसार देशभर करिब ९० हजार सेना, दुई हजार ५०० नौसेना र सयौँ वायुसेनाका जवानहरू चुनाव अवधिभर तैनाथ गरिने तयारी भइरहेको छ । प्रत्येक उपजिल्लामा सेनाको एक कम्पनी परिचालन गरिनेछ ।

    सेना प्रमुखहरूले सो अवसरमा प्रमुख सल्लाहकारलाई नोभेम्बर २१ मा आयोजना हुने सशस्त्र सेना दिवस समारोहमा प्रमुख अतिथि रूपमा उपस्थित रहन निमन्त्रणा पनि दिनुभएको छ ।

    यसअघि अक्टोबर २२ मा अमेरिकास्थित अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट (आआरआई) का प्रतिनिधिहरूले प्रमुख सल्लाहकार युनुससँग भेट गरी सन् २०२६ को फेब्रुअरीमा हुने आगामी चुनावका लागि कम्तीमा १० जना अन्तर्राष्ट्रिय पर्यवेक्षक पठाउने योजना सार्वजनिक गरेका थिए ।

    ढाकास्थित स्टेट गेस्ट हाउस जमुनामा भएको सो बैठकबारे एक्समा युनुसले लेख्नुभएको थियो, “बैठकमा भ्रमणकारी प्रतिनिधिमण्डलले चुनावपूर्वको वातावरण, आवश्यक सुधार र पारदर्शी तथा शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय तथा घरेलु पर्यवेक्षकहरूको भूमिकाबारे विस्तृत छलफल गरियो ।”

    प्रतिनिधिमण्डलको नेतृत्व गरेका आइआरईका निर्देशक समितिका सदस्य क्रिस्टोफर जे. फस्नरले भन्नुभयो, “हामी फेब्रुअरीमा हुने निर्वाचनमा बलियो र विश्वसनीय अवलोकन सुनिश्चित गर्नेछौँ ।” उहाँका अनुसार अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको उपस्थिति हिंसाको जोखिम घटाउने र जनस्तरमा निर्वाचनप्रतिको विश्वास बलियो बनाउने प्रमुख माध्यम हुनेछ ।

    फस्नरले अघिल्ला निर्वाचनहरूसँग तुलना गर्दै यसपटकको राजनीतिक वातावरणमा देखिएको सुधारको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “अघिल्लो निर्वाचनको अनुभवबाट हामी अहिले सकारात्मक र आशाजनक वातावरण देख्न सकिरहेका छौँ, जुन साँच्चै राम्रो महसुस हुन्छ । यसपटकको चुनाव विगतको भन्दा धेरै व्यवस्थित र पारदर्शी हुने सङ्केतहरू देखिएका छन् ।”

    आाइआरआई टोलीमा वरिष्ठ विश्लेषक लिसा कर्टिस, सेन्टर फर ए न्यु अमेरिकन सेक्युरिटी (सिएनएएस) की इन्डो–प्यासिफिक सुरक्षा कार्यक्रम निर्देशक जेसिका किगन, आइआरआईका प्राविधिक विशेषज्ञ स्टीभ सिमा र नेशनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडिआई) का कार्यक्रम निर्देशक जामी स्पिकरम्यान पनि सहभागी हुनुहुन्थ्यो ।

    यसअघि अगस्टमा प्रमुख सल्लाहकारको कार्यालयले निर्वाचन आयोगलाई पत्र पठाउँदै सन् २०२६ फेब्रुअरीमा रमजान सुरु हुनु अघि नै राष्ट्रिय संसद् निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीहरू समयमै पूरा गर्न अनुरोध गरेको थियो ।

    आइतबार, कार्तिक १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.