• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अमेरिका–चीनबिच प्रत्यक्ष सैन्य सञ्चार च्यानल स्थापना गर्न सहमति


  •   आइतबार, कार्तिक १६, २०८२ मा प्रकाशित
  • क्वालालम्पुर । संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति गरेको बताउनुभएको छ । उहाँका अनुसार दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध ‘अहिलेसम्मकै उत्कृष्ट अवस्थामा’ पुगेको छ ।

    Advertisement

    हेग्सेथले शनिबार राति क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा आफ्ना चिनियाँ समकक्षी एडमिरल डोङ जुनसँग भेटवार्ता गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘शान्ति, स्थिरता र राम्रो सम्बन्ध हाम्रा दुवै महान् र शक्तिशाली देशहरूको साझा मार्ग हो भन्नेमा हामी सहमत भयौँ ।’

    यसअघि उहाँले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूलाई दक्षिण चीन सागरमा चीनका ‘अस्थिर र चुनौतीपूर्ण गतिविधिहरू’ विरुद्ध दृढ रहन र आफ्नो नौसैनिक क्षमता सुदृढ गर्न आह्वान गर्नुभएको थियो ।

    “दक्षिण चीन सागरमा चीनका व्यापक क्षेत्रीय र समुद्री दाबीहरू, विवादहरूलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने प्रतिबद्धतासँग मेल खान्नन्”, उहाँले आसियानका रक्षा मन्त्रीहरूसँगको बैठकमा भन्नुभयो, ‘हामी शान्ति चाहन्छौँ, द्वन्द्व होइन । तर हामीले सुनिश्चित गर्नुपर्छ कि चीनले कुनै पनि मुलुकलाई हावी हुन नपाओस् ।’

    दक्षिण चीन सागर एसियाको सबैभन्दा संवेदनशील र अस्थिर क्षेत्रहरूमध्ये एक हो । चीनले यो सागरको प्राय: सम्पूर्ण भागमाथि दाबी गरेको छ भने आसियानका सदस्य राष्ट्रहरू — फिलिपिन्स, भियतनाम, मलेसिया र ब्रुनाई — ले पनि आफ्नो तटीय स्वामित्व दाबी गरेका छन् ।

    अमेरिकी सहयोगी फिलिपिन्स र चीनबीच यस क्षेत्रमा बारम्बार झडप भइरहेका छन् ।

    फिलिपिन्सले बलियो क्षेत्रीय प्रतिक्रियाको माग गर्दै आएको भए पनि आसियानले चीनसँगको आफ्नो आर्थिक सम्बन्धलाई ध्यानमा राख्दै सन्तुलन कायम गर्न प्रयास गरिरहेको छ ।

    हेग्सेथले सामाजिक सञ्जाल एक्समा लेख्दै उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि यस विषयमा कुरा गर्नुभएको र दुवै जना ‘अमेरिका–चीन सम्बन्ध पहिलेको तुलनामा अहिले धेरै राम्रो भएको’ कुरामा सहमत हुनुभएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘दक्षिण कोरियामा राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको ऐतिहासिक भेटले अमेरिका र चीनका लागि दीर्घकालीन शान्ति र समृद्धिको स्वर तय गरेको छ ।’ हेग्सेथ हाल भियतनाम भ्रमणका लागि मलेसियाबाट प्रस्थान गर्नुभएको छ ।

    कूटनीतिक स्तरमा अमेरिकाबाट आएको विपरित सन्देश — आसियान बैठकमा कडा चेतावनी र त्यसपछि मेलमिलापपूर्ण अभिव्यक्ति — ले वासिङ्टनले बेइजिङसँगको तनावका बीच सन्तुलित नीति अपनाउने प्रयासलाई प्रष्ट पार्दछ ।

    दक्षिणपूर्वी एसियाली राजनीतिक विश्लेषक ब्रिजेट वेल्शले भन्नुभयो, ‘यो स्थिति एक प्रकारको क्षति नियन्त्रण हो । यो अमेरिका भित्र चीनबारे रहेका दुई दृष्टिकोण — एउटा जसले चीनलाई खतरा मान्दछ र अर्को जसले सम्भावित साझेदारका रूपमा हेर्दछ — को प्रतिबिम्ब हो ।’

    शनिबारको बैठकमा हेग्सेथले चीनले सन् २०१२ मा फिलिपिन्सबाट कब्जा गरेको स्कारबोरो सोललाई हालै ‘प्रकृति आरक्ष’ घोषणा गरेको कदमको कडा आलोचना गर्नुभयो । उहाँका अनुसार यो कदम चीनले आफ्नो क्षेत्रीय र समुद्री दाबी विस्तार गर्न अर्को प्रयास हो ।

    उहाँले आसियान सदस्य राष्ट्रहरूलाई चीनसँग लामो समयदेखि रोकिएको समुद्री आचारसंहिता छिटो टुङ्ग्याउन आग्रह गर्नुभयो । साथै, समुद्रमा उक्साहट रोक्न साझा निगरानी प्रणाली र द्रुत प्रतिक्रिया संयन्त्र निर्माण गर्न प्रस्ताव गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘साझा समुद्री डोमेन जागरूकता प्रणालीले कुनै पनि सदस्य मुलुकलाई एक्लो महसुस हुन दिने छैन र आक्रामकता वा उक्साहटको सामना सामूहिक रूपमा गर्न सहयोग पुर्‍याउनेछ ।’

    उहाँले डिसेम्बरमा हुने आसियान–अमेरिका संयुक्त समुद्री अभ्यासलाई स्वागत गर्दै यसले क्षेत्रीय समन्वय र नेभिगेसन स्वतन्त्रता सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    चीनले भने अमेरिकाको आलोचना अस्वीकार गर्दै वासिङ्टनमाथि क्षेत्रीय मामिलामा अनावश्यक हस्तक्षेप गरेको र आफ्नो सैन्य उपस्थिति बढाएर तनाव उक्साएको आरोप लगाएको छ । चिनियाँ अधिकारीहरूका अनुसार चीनका गस्ती र निर्माण गतिविधिहरू वैध हुन् र ती आफ्नै सार्वभौमिक भूभागमा सुरक्षा कायम राख्नका लागि हुन् ।

    यसैबीच, फिलिपिन्सले अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डसँग दक्षिण चीन सागरमा संयुक्त नौसैनिक तथा हवाई अभ्यास गरेपछि चिनियाँ अधिकारीहरूले मनिलामाथि ‘क्षेत्रीय अस्थिरता बढाउने कार्यमा संलग्न’ भएको आरोप लगाएका छन् ।

    चीनको पिपुल्स लिबरेसन आर्मी साउदर्न थिएटर कमान्डका प्रवक्ता तियान जुनलीले भन्नुभयो, ‘यस अभ्यासले क्षेत्रीय शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर पारेको छ । यसले फिलिपिन्स दक्षिण चीन सागरको विषयमा समस्या सिर्जना गर्ने र क्षेत्रीय स्थिरताको विघातक भएको पुष्टि गर्दछ ।

    आइतबार, कार्तिक १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.