• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

म्यान्मामा सन् २०१७ को अत्याचार दोहोरिएको जस्तो अवस्था


  •   मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
  • जेनेभा ।  म्यान्माको मानवीय अवस्था दिनप्रतिदिन बिग्रँदै गएको भन्दै संयुक्त राष्ट्रसङ्घले मङ्गलबार गम्भीर चिन्ता व्यक्त गरेको छ ।

    Advertisement

    संस्थाले रोहिङ्ग्या अल्पसङ्ख्यकमाथि सन् २०१७ मा भएको अत्याचारलाई सम्झाउने जस्ता दृश्यहरूको निन्दा गर्दै केही देशले यसलाई नरसंहार नै मानेको बताएका छन् ।

    म्यान्माको सेनाले रखाइन राज्यलाई नाकाबन्दी गरेको छ । यहाँ सेना हाल बहु–पक्षीय गृहयुद्धमा जातीय लडाकूहरूसँग भिडिरहेको छ । सन् २०२१ को सैन्य कूमा लोकतान्त्रिक सरकार अपदस्थ भएपछि देश गम्भीर सङ्कटमा फसेको हो ।

    संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले अराकान सेनाका विद्रोही र अन्य जातीय लडाकूहरूले ‘नागरिक जनसङ्ख्यालाई पीडाको अनन्त चक्रमा धकेल्ने उल्लङ्घनलाई लगभग पूर्ण दण्डहीनताका साथ दोहोर्‍याइरहेको’ चेतावनी दिनुभयो ।

    “भिडियो र तस्बिरहरूले मृत्यु, विनाश र हताशाको यथार्थ देखाउँछन्, जुन सन् २०१७ मा सेनाले रोहिङ्ग्या अल्पसङ्ख्यकमाथि गरेको अत्याचारका दृश्यहरूसँग ठ्याक्कै मेल खान्छ”, उहाँले विज्ञप्तिमा भन्नुभयो ।

    टर्कले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई स्थितिलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाउन पुनः आह्वान गर्दै भन्नुभयो, “फेरि उही अवस्था देख्नुपर्दा मलाई गहिरो पीडा भएको छ ।”

    दशकौँदेखि म्यान्मामा सताइँदै आएका प्रायः मुस्लिम रोहिङ्ग्या समुदायका लाखौँ मानिस सन् २०१७ को सैन्य दमनका क्रममा देश छोड्न बाध्य भएका थिए । यो दमन अहिले संयुक्त राष्ट्रसङ्घको नरसंहार अदालतमा विचाराधीन छ ।

    – अविवेकी आक्रमण –

    टर्कको कार्यालयले सन् २०२४ अप्रिलदेखि सन् २०२५ मेसम्मको अवस्थामाथि तयार पारेको प्रतिवेदनमा रखाइनमा भएको द्वन्द्वले लाखौँ मानिस विस्थापित भएको तथ्य उजागर गरिएको छ ।

    संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार तीमध्ये करिब एक लाख ५० हजार मानिस सन् २०२३ को नोभेम्बरदेखि बङ्गलादेशतर्फ भागेका छन् । बङ्गलादेशमा पहिले नै करिब १० लाख रोहिङ्ग्या शरणार्थी बस्दै आएका छन् ।

    “रोहिङ्ग्या र जातीय रखाइन समुदायका सामान्य नागरिकहरू शत्रुताको प्रत्यक्ष शिकार भएका छन्”, टर्कले भन्नुभयो । उहाँले विशेष गरी ‘नागरिक र संरक्षित वस्तुहरू विरुद्ध सेनाले अन्धाधुन्ध आक्रमण गर्ने व्यापक र योजनाबद्ध ढाँचा’ तर्फ औँल्याउनुभयो ।

    विश्वसनीय स्रोतलाई उद्धृत गर्दै प्रतिवेदनले समेटेको १४ महिनामा द्वन्द्वका कारण एक हजार आठ सय ११ प्रमाणित नागरिकको मृत्यु भएको उल्लेख छ । तीमध्ये करिब आधा मृत्यु विद्यालयहरूमा गरिएको सेनाको हवाई आक्रमणका कारण भएको थियो ।

    राज्यमा ‘जबरजस्ती विस्थापन, जबरजस्ती भर्ती, बेपत्ता पार्ने, मनमानी गिरफ्तारी, आगजनी र सम्पत्ति विनाश’ व्याप्त रहेको प्रतिवेदनले जनाएको छ । साथै, नागरिकहरूले मानवीय सहायता अस्वीकार र बारम्बार गरिने आतङ्ककारी कार्यहरूको सामना गरिरहेको पनि टर्कले उल्लेख गर्नुभयो ।

    प्रतिवेदनले उत्तरी रखाइनमा अराकान सेनाद्वारा गरिएका हत्या, जबरजस्ती भर्ती र जबरजस्ती विस्थापनलगायतका दुर्व्यवहारसमेत प्रकाश पारेको छ ।

    यद्यपि, यसले यस वर्षको सुरुदेखि ‘रोहिङ्ग्यालाई लक्षित हिंसामा तुलनात्मक कमी आएको’ सकारात्मक पक्षसमेत औँल्याएको छ ।

    तर, चलिरहेको सैन्य नाकाबन्दीले आपूर्ति अवरुद्ध हुँदा भोकमरीको गम्भीर सङ्कट झन् चर्किएको छ ।

    टर्कले दुर्व्यवहारका लागि जिम्मेवारलाई जवाफदेही बनाउन र मानवीय सहायता सहज बनाउन अन्तर्राष्ट्रिय प्रयासमा देशहरूलाई एकजुट हुन आग्रह गर्नुभयो ।

    मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.