• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अठारौँ राष्ट्रिय पुस्तकालय दिवस : ४८ पुस्तकायलय उद्घाटन गरिँदै


  •   शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय र स्रोत केन्द्रलाई यस वर्षको उत्कृष्ट पुस्तकालय सम्मान प्रदान गर्ने भएको छ ।

    Advertisement

    मन्त्रालयले अठारौँ पुस्तकालय दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१४ का गृहमाननसिंह श्रेष्ठलाई उत्कृष्ट पुस्तकालय अभियन्ता तथा गोकर्णेश्वर नगरपालिका–७ का जगदीशचन्द्र अर्याललाई उत्कृष्ट पुस्तकालयकर्मीका रूपमा सम्मान गर्ने निर्णय समेत गरेको छ ।

    पुस्तकालय दिवस मूल समारोहमा उकृष्ट सम्मान, स्मारिका लोकार्पण तथा ‘रुम टु रिड’ को सहयोगमा कपिलवस्तुका तीन गाउँपालिकाभित्र ४८ विद्यालय पुस्तकालयको ‘भर्चुअल’ उद्घाटन गरिनेछ ।

    पुस्तकालयको विकास र विस्तारका लागि महत्वपूर्ण योगदान पुर्‍याएबापत पुस्तकालय दिवस मूल समारोह समितिका उपाध्यक्ष तथा विद्यालय शिक्षा महाशाखा प्रमुख सहसचिव रुद्रप्रसाद अधिकारी संयोजक रहेको पाँच सदस्यीय सम्मान तथा पुरस्कार छनोट उपसमितिले उक्त निर्णय गरेको हो ।

    सम्मान तथा पुरस्कारले पुस्तकालय क्षेत्रको विकास, सक्रियता र समुदायसँगको सम्बन्धलाई प्रोत्साहित गर्ने प्रचारप्रसार समिति संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । अठारौँ पुस्तकालय दिवस यही भदौ १५ गते(भोलि) मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

    सो अवसरमा सरकारी तथा गैरसरकारीस्तरमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको पनि संयोजक पाण्डेयले जानकारी दिनुभयो । उक्त दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलको संयोजकत्वमा मूल समारोह समिति गठन तथा विभिन्न उपसमिति गठन गरिएको छ ।

    नेपाल सरकारले विसं २०६५ देखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ । तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय स्थापना गर्ने कानुनमा लालमोहर लगाइएको स्मृतिमा यो दिवस तय गरिएको हो ।

    पुस्तक दिवसको यस वर्षको आदर्श वाक्य ॅहाम्रो पुस्तकालय : हाम्रो भविष्य’ तय गरिएको छ । पुस्तकालय दिवस मुलुकभर विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रमका साथ मनाइँदैछ ।

    नेपाल सामुदायिक पुस्तकालय सङ्घअन्तर्गतका सदस्य पुस्तकालयहरूले सातै प्रदेशमा भदौ १ देखि नै दिनहुँ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालय, त्रिवि पुस्तकालय तथा विज्ञान केन्द्रीय विभाग, नेपाल लाइब्रेरी फाउन्डेसन, त्रिवि केन्द्रीय पुस्तकालय, पिपुल्स क्याम्पसलगायत शैक्षिक संस्थाले पनि विविध कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

    दुई सामुदायिक पुस्तकालय स्थापना–भदौ १३ गते मोरङको लेटाङ–४ मा निर्माण भएको शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र विशेष समारोहबीच उद्घाटन भएको छ । यही भदौ १५ गते धर्मदेवी नगरपालिका–३, मुढे शनिश्चरेमा निर्माण गरिएको धर्मदेवी सामुदायिक पुस्तकालयको उद्घाटन गरिने कार्यक्रम छ ।

    यसै अवसरमा गत बिहीबार अठारौँ पुस्तकालय दिवसकै सन्दर्भ पारेर संघीय संसद् सचिवालयको संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा, पुस्तकालय शाखाले ॅपुस्तकालय ऐन : आवश्यकता, औचित्य र महत्व’ विषयमा सांसद र सरोकारवालाबीच अन्तरक्रिया गरेको थियो ।

    शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.