काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानलाई युद्धविराम गर्न सहमत गराएका छन् ।
Advertisement
दुवै मुलुकले बुद्धिमत्ता देखाएको भन्दै उनले ट्रुथ सोसलमार्फत बधाई पनि दिएका छन्।
ट्रम्पले लेखेका छन्, ‘अमेरिकाको मध्यस्थतामा भएको रातभरिको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्कालै युद्धविराम गर्न सहमत भएको घोषणा गर्दा म प्रसन्न छु।’
यद्यपि, यसबारे भारत र पाकिस्तानले प्रतिक्रिया दिइसकेका छैनन्।
दक्षिण एसियामा आणविक शक्ति सम्पन्न यी दुई छिमेकी चार दिनदेखि हानाहान गरिरहेका छन्। उनीहरूले युद्ध घोषणा नगरे पनि लडाइँ सघन हुन थालेको छ।
