काठमाडौँ । अन्तरिक्षमा जम्मा आठ दिन बिताउने उद्देश्य राखेर त्यहाँ गएका नासाका दुई अन्तरिक्षयात्री नौ महिनापछि पृथ्वीमा फर्किएका छन्।
अन्तर््राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट स्पेश एक्स क्याप्सुलमार्फत बुच विल्मोर र सुनीता विलियम्स अनि दुई जना अन्तरिक्ष यात्रीहरू फ्लोरिडाको तटीय क्षेत्र नजिकै १७ घण्टाको यात्रापछि अवतरण गरेका थिए।
उक्त क्याप्सुलबाट बाहिरिने क्रममा उनीहरू मुस्कुराइरहेको र हात हल्लाइरहेको भिडिओ सार्वजनिक भएको छ।
नासाका अधिकारीहरूले सबैको अवस्था राम्रो रहेको बताएका छन्।
बुच र सुनी गएको जुनमा अन्तरिक्षमा पुगेका थिए तर उनीहरूको अन्तरिक्षयानमा प्राविधिक समस्या देखिएपछि उनीहरू त्यही फसेका थिए।
मतदान, क्रिस्मस डिनरको आनन्द र शून्य गुरुत्वाकर्षणमा शारीरिक अभ्यासजस्ता कुराहरूले बुच विल्मोर र सुनीता विलिअम्सलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा लामो समयको बसाइँमा व्यस्त राख्यो।
अन्ततः झन्डै नौ महिनापछि यी दुई अन्तरिक्षयात्री स्पेसएक्स ड्र्यागन क्याप्सुलमा पृथ्वी फर्किए।
त्यसो भए हामीभन्दा ४०० किलोमिटर माथि परिक्रमा गर्ने नासाका अन्तरिक्षयात्रीहरूको जीवन कस्तो रह्यो र उनीहरूले त्यहाँ कसरी समय बिताए ?
अवश्य पनि उनीहरूलाई त्यहाँ व्यस्त राख्ने धेरै गम्भीर कुराहरू थिए।
उनन्सट्ठी वर्षीया सुनी र बैसट्ठी वर्षीय बुचले स्टेसनमा कार्यरत मिसनहरूलाई मर्मतसम्भार र अन्य अभ्यासमा मद्दत गर्दै ‘स्पेशवाक’हरू समेत गरे।
जनबरी मध्यतिर सुनी आईएसएसमा रहेका सहकर्मी निक हेगसँग यानको मर्मत गर्न बाहिर निस्किइन्। त्यसै महिनाको अन्त्यतिर उनी र बुच सँगै बाहिर निस्किए।
उनीहरूले गरेका मुख्य काममा स्टेसनको गतिविधि नियन्त्रण गर्ने उपकरणहरू मर्मत गर्ने, एनआईसीइआर एक्स(रे टेलिस्कोपमा प्रकाशसम्बन्धी फिल्टरहरू थप्ने र अन्तर्राष्ट्रिय डकिङ एडाप्टरमा रिफ्लेक्टर उपकरण प्रतिस्थापन गर्नेलगायत थिए।
बुच र सुनीले उक्त अवस्थालाई लामो समयको अन्तरालमा आफू अनुकूल बनाउँदै गए।
सेप्टेम्बरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले आफूहरू ‘अनपेक्षित (घटना)को अपेक्षा’ गर्न प्रशिक्षित भएको जनाएका थिए।
उनीहरूलाई अवश्य पनि पृथ्वीबारे सोच्ने अवसर दियो। उनीहरूले कैयौँ सूर्योदय र सूर्यास्त देख्न पाए।
स्पेश स्टेसनले प्रत्येक २४ घण्टामा १६ पटक पृथ्वीको फन्को लगाउने क्रममा १६ सूर्योदय र सूर्यास्त देख्छ। उक्त स्टेसनमा हुनेहरूले प्रत्येक ४५ मिनेटमा सूर्योदय वा सूर्यास्त देख्छ।
पृथ्वीको यस्तो अनौठो दृश्यको साथ बाँच्न पाउनुले यसलाई मनन गर्न प्रशस्त अवसर दिने सुनीले अनुभूत गरेकी छन्।
‘यसले तपाईँलाई भिन्न तरिकाले सोच्न सक्ने अवसर दिन्छ। यो हामीसँग भएको एक मात्र ग्रह हो र हामीले यसको रेखदेख राख्नुपर्छ,’ उनले भनिन्।
बुच र सुनीसँगै आईएसएसमा रहेका डन पेटिट र ननिक हग पनि अमेरिकी नागरिक हुन्। उनीहरू चारै जनाले गत वर्षको अमेरिकी निर्वाचनमा मतदानको अवसर पाए।
बुचका लागि दिनको सुरुवात बिहान ४स्३० मा हुन्थ्यो भने सुनी केही ढिलो गरी ६ः३० मा उठ्ने गरिन्।
दुवैले अन्तरिक्षमा बस्दा हड्डीको घनत्वमा हुने कमीसँग लड्न दैनिक दुई घण्टा वा सोभन्दा बढी व्यायाम गरेर आनन्द लिएको बताउँछन्। (बीबीसीबाट)