• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

अदालतको आदेश उल्लंघन गर्दै अमेरिकाद्वारा भेनेजुएलाका २३८ आप्रवासी देश निकाला


  •   सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । संयुक्त राज्य अमेरिकाले भेनेजुयलाका २३८ आप्रवासीलाई देश निकाला गरेको छ ।

    Advertisement

    एउटा आपराधिक गिरोहका सदस्य भएको आरोप लागेका उनीहरूलाई अदालतको आदेशका बाबजुद अमेरिकाबाट एल साल्भाडोरको सुपरम्याक्स बन्दीगृह पठाइएको बीबीसीले जनाएको छ ।

    एक अमेरिकी न्यायाधीशले उनीहरूलाई देशनिकाला गर्न रोक लगाउने आदेश दिएका थिए।

    एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सामाजिक सञ्जालमा लेख्दै भेनेजुएलाको गिरोह ‘ट्रेन डे आरग्व’ का २३८ जना सदस्य र एमएस–थर्टीन नामक अन्तर्राष्ट्रिय गिरोहका २३ जना आफ्नो देशमा आइतवार बिहान आइपुगेको जानकारी दिएका छन्।

    अमेरिका र एल साल्भाडोर दुवै देशका अधिकारीहरूले बन्दीहरूको पहिचान खुलाएका छैनन्। उनीहरूले ती व्यक्तिहरू कस्ता अपराधमा थिए भन्नेबारे विस्तारमा केही भनेका छैनन्।

    अमेरिकामा एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई २०० वर्षभन्दा पुरानो युद्धकालीन कानुन देखाएर त्यसरी देशनिकाला गर्ने कदम रोक्न आदेश दिएका थिए। तर त्यस बेलासम्म ती व्यक्तिहरूलाई बोकेको विमान उडिसकेको थियो।

    सामाजिक सञ्जालमा न्यायाधीशको आदेशलाई इङ्गित गर्दै बुकेलेले त्यो ढिला आएको प्रतिक्रिया दिएका छन्।

    तस्बिर : बीबीसी

     

    एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेको पोस्ट गरेको एउटा भिडिओमा हातखुट्टा सिक्रीले बाँधिएका मानिसहरू लामबद्ध भएको र उनीहरूलाई विमानबाट सशस्त्र अधिकारीहरूले ल्याइरहेको देख्न सकिन्छ।

    निकै कडा सुरक्षाघेरा भएको उक्त बन्दीगृहमा ४०,००० सम्म कैदी राख्न सकिन्छ। त्यहाँ बन्दीहरूसँग दुर्व्यवहार हुने गरेको मानवअधिकारवादी संस्थाहरूले बताउँदै आएका छन्।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार सन् १७९८ ताकाको ‘एलिअन एनमिज एक्ट’ नामक कानुन सक्रिय बनाउँदै त्यसमा आफूले हस्ताक्षर गरेको घोषणा गरेका थिए। त्यस क्रममा उनले ट्रेन डे आरग्वलाई संयुक्त राज्य अमेरिकाको भूभागमाथि ‘शत्रुतापूर्वक अतिक्रमण गरेको, आक्रमण गर्ने प्रयास गरेका वा चेतावनी दिएको’ आरोप लगाएका थिए।

    उनले उक्त गिरोहका सदस्यहरू अमेरिकाविरुद्ध ‘गैरपरम्परागत युद्ध’मा संलग्न रहेका हुनालेद उनीहरूलाई देशनिकाला गरिने बताएका थिए।

    यसअघि दोस्रो विश्वयुद्धका बेला अमेरिकामा जापानी मूलका मानिसहरूलाई नियन्त्रणमा लिन उक्त कानुन प्रयोग गरिएको थियो।

    सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.